पर्यटकको आकर्षक गन्तब्य बन्दै ओखरेनी
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेमा पर्ने ओखरेनी डाँडा पछिल्लो समय पर्यटकको आकर्षक गन्तब्य बन्दै गएको छ ।
समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको अद्भूत सौन्दर्य स्थल ओखरेनीलाई भूकम्पपछिको पुनर्निर्माणले बनेको बस्तीले थप सुन्दर तुल्याएपछी आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ ।
बौद्धमार्गीहरुको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा, स्तूपाले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ । बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन । अझै, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ । पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् य...
