सम्पर्क

समाचार

वनजंगलमा डढेलो लाग्न नदिन सिन्धुपाल्चोकमा सचेतना अभियान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गर्मी यामसँगै वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ । बिशेष गरी हरेक बर्ष चैत, बैशाख जेष्ठ , असार बढी डडेला्े लाग्ने महीना हो । यी महीनाहरुमा अरु महनिा भन्दा बढी सुक्खा हुने, हावाहुरी लाग्ने , कृषकले खेतबारीमा जिलौटा पोल्ने भउकाले पनी आगोको बढी जोखिम हुने गरेको छ । खाश गरि कुनै न कुनै कारणले देखि वनजंगलमा डढेलो तथा आगलागीका घटना बढी हुने गर्दछन् । यसै बिषयमा ध्यान दिदै डिभीजन बन कार्यलय सिन्धुपाल्चोकले डढेलो नियन्त्रणका लागीविल्ला स्थित सबै सामुदायिक तथा साझेदारी सामुदायिक वनसँग समन्वय गर्दै अभियान सञ्चालन गरेर सक्रियता देखाएको छ । एउटा सानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ । यस बारेमा जनमानसमा जानकारी गराउन वन कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समूहले प्र...

सुनखानीमा जन्मायो कृषि सहकारी

समाचार
रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी किसानलाई खेति लगाउने समयमा सधैं रासायनिक मलको अभाव हुने भएपछि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ५, सुनखानीमा उद्यमशील साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ । कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट रासायनिक मलको आपूर्ति गरि वितरण गर्नको लागि कृषि सहकारी अनिवार्य भएपछि सो संस्था स्थापना गरिएको हो । चैत १५ गते बुधबार सहकारी संस्थाको कार्यालय स्थापना गर्दै प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठले सहकारीबाट काम गरेका गरिबी हटाउन सकिने बताउनुभयो । बैंक तथा लघुवित्त संस्थाबाट ऋण लिँदा तिरिएको सेवा शुल्क तथा ब्याज अरुले नै पाउने तर सहकारीमा ऋण लिँदा तिरिएको ब्याज तथा सेवा शुल्क पनि आफैंले फिर्ता पाउने उहाँले बताउनुभयो । सहकारीमा जम्मा भएको रकमबाट सहकारीकै सदस्यहरुको आयआर्जन वृद्धिमा प...

चौतारामा बजार अनुगमन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजार बजारमा बजार अनुगमन गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता महासंघको संयुक्त टोलीले अनुगमन गरेको हो । चौतारा बजारक्षेत्रका ५२ वटा पसलमा गरिएको अनुगमनको क्रममा नियम विपरित व्यवसाय सञ्चालन गरेका ३ वटा पसललाई २५ हजार जरिवाना गरिएको छ । बजार अनुगमनको क्रममा ३ हजार रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनु...

तामाङको गोठमा आगलागी

समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ घुम्थाङमाा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ । घुम्थाङमा स्थानीय पुक्टु तामाङको गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो । आगोलागिबाट तामाङको ६ वटा बाख्रा र बाछा १ वटा बाछा जलेर नष्ट भएको छ भने ३ वटा गाई डढेर सिकिस्त बिरामि गाई बाह्रबिसे नगरपालिका कृषि शाखा प्रमुख पिताम्बर घिमिरेको टोलिले निशुल्क पशु स्वास्थ्य उपचार गर्नुभएको छ । त्यस्तै आगोलागि पिडितलाई बाह्रबिसे नगरपालिकाले नयाँ गोठ बनाउन सहयोग गर्ने र आर्थिक राहत समेत नगरको तर्फबाट दिने बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । विशेषगरी चैत र वैशाखमा यस्ता अप्रिय घटना हुनसक्ने भन्दै सम्पुर्ण किसानहरुले सजकता अपनाउन बस्नेतले गर्नुभयो । भविष्यमा कदाचित यस्ता घटना हुन गएमा आवश्यक सेवा दिन नगरपालिका तत्पर रहेको समेत बताउनुभयो ।...

दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधन फिर्ता नभएको भन्दै ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
पुर्व अरनिको यातायात प्रा.लिले दुर्घटनामा परि पीडित पक्षलाई उपचार गरि सक्दा पनि दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधान सम्बन्धित प्रहरी कार्यलयबाट फिर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धुपाल्चोकको चौतारामा पुर्व अरनिको यातायात प्रा.लिका संचालक अध्यक्ष केदार क्षेत्रीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । कम्पनीमा आवद्ध वा ३ ख ७११ नम्बरको भाडा बससगँ भुसाफेदाबाट क्यु लिई काठमान्डौँ तर्फ आउँने क्रममा फागुन २९ गते अरनीको राजमार्ग सडक खण्डको सुकुटे नजीक वा ७० प ६४२५ नम्बरको मोटरसाईकलमा ठक्कर खाई मोटरसाइकल चालक शक्तिराम थापा दुर्घटनामा घाइते हुनु भएको थियो । दुर्घटना पश्चात वा ३ ख ७११ नम्बरको भाडा बस प्रहरी चौकी बलेफीले नियन्त्रणमा लिएको छ । गैर कानुनी रुपमा सवारी साधन नियन्त्रणमा प्रहरी चौकी बलेफीले राख्यो भन्दै फागुन २९ देखि आज...

सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...

पत्रकार दोङको अन्त्येष्टि

ब्रेकिङ न्युज २, समाचार
क्रियाशील पत्रकार दीपेन्द्र दोङको आज स्वयम्भू भगवानपाउ नजिक तामाङ संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेशन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो । करिब दुई साताअघि उहाँलाई मस्तिष्कघात भएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । दोङ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) एशियाका महासचिव हुनुहुन्थ्यो । तामाङ भाषाका कतिपय चलचित्रका परिकल्पनाकार र लेखक उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

इर्खुमा २६४जनाल स्वास्थ्य सेवा लिए

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ इर्खुमा २६४जनाल स्वास्थ्य सेवा लिएका छन । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम वडा नम्बर – ८ ईर्खु स्वास्थ्य चौकीमा आइतबार भएको हो ।  निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटा को प्रमुख आतिथ्यतामा र उपप्रमुख सीता थापा को बिशेष आतिथ्यतामा र वडा नम्बर –८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो चौतारा साँगाचोकगढी नगरपालिका को आयोजनामा भएको स्वास्थ्य शिबीरमा जेष्ठनागरिक,गर्भवती महीला, ५बर्ष मुनीका बालबलकिा गरी जम्मा २६४जनाले सेवा लिएका हुन । नगर स्वास्थ्य शाखाका प्रमुख शिब पुरीका अनुसार ज्येष्ठ नागरिक २१९ जनाले स्वास्थ्य परिक्षण गराउँनु भएको छ भने ,गर्भवती महीला ८ जना,५ बर्ष मुनिका बालबालिका ४७ जना रहनु भएको छ । शिबीरम...

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि चौतारामा जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच सुरक्षित आप्रवासन सामीले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । सामी हेल्भेटासका नेपालका भोपराज सुनुवारले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । विशेष गरी बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित गर्नाका लागि विशेष कार्यक्रमहरु मनौपरार्मश सेवा दक्ष सिपमुलक सिपहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । यसैगरी कार्...