पुर्व अरनिको यातायात प्रा.लिले दुर्घटनामा परि पीडित पक्षलाई उपचार गरि सक्दा पनि दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधान सम्बन्धित प्रहरी कार्यलयबाट फिर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सिन्धुपाल्चोकको चौतारामा पुर्व अरनिको यातायात प्रा.लिका संचालक अध्यक्ष केदार क्षेत्रीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । कम्पनीमा आवद्ध वा ३ ख ७११ नम्बरको भाडा बससगँ भुसाफेदाबाट क्यु लिई काठमान्डौँ तर्फ आउँने क्रममा फागुन २९ गते अरनीको राजमार्ग सडक खण्डको सुकुटे नजीक वा ७० प ६४२५ नम्बरको मोटरसाईकलमा ठक्कर खाई मोटरसाइकल चालक शक्तिराम थापा दुर्घटनामा घाइते हुनु भएको थियो । दुर्घटना पश्चात वा ३ ख ७११ नम्बरको भाडा बस प्रहरी चौकी बलेफीले नियन्त्रणमा लिएको छ ।
गैर कानुनी रुपमा सवारी साधन नियन्त्रणमा प्रहरी चौकी बलेफीले राख्यो भन्दै फागुन २९ देखि आजको मिति सम्मको सवारी धनी पुर्व अरनिको यातायातलाई पुग्न गएको क्षति दैनिक दश हजारका दरले हुन आउने रकम एक लाख ४० हजार तथा सवारी साधन फिर्ता नभएको र क्षतिपूर्ति सहित सवारी साधन फिर्ता दिलाई पाउँ भनी प्रमुख जिल्ला अधिकारीसामु ज्ञापनपत्र दिईएको हो । सवारी साधान नियन्त्रणमा राखिरहदा सवारी चालक ,सहचालक समेतको मजदुरको रोजगारी खोसिने ,सवारी साधनको दैनिक हुने खर्च दायीत्व ,बैंक ब्याज तिर्नु ब्यर्होनु पर्ने, दैनिक हुने आम्दानी रोकिने ,सवारी साधनमा यान्त्रीक क्षति पुग्ने हुदाँ दैनिक रुपमा १० हजार भन्दा बढी आर्थिक क्षति भईरहेको भनी निवेदनमा लेखिएको छ ।
थापाको उपचारमा ३ लाख उपचार खर्चसमेत उपलब्ध गराईसकेको समितिले जनाएको छ ।
