सम्पर्क

चौतारामा बजार अनुगमन

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजार बजारमा बजार अनुगमन गरिएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता महासंघको संयुक्त टोलीले अनुगमन गरेको हो । चौतारा बजारक्षेत्रका ५२ वटा पसलमा गरिएको अनुगमनको क्रममा नियम विपरित व्यवसाय सञ्चालन गरेका ३ वटा पसललाई २५ हजार जरिवाना गरिएको छ । बजार अनुगमनको क्रममा ३ हजार रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनुभयो । उहाँका अनुसार ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । बजारक्षेत्रका खाद्यान्न, होटल, हार्डवेयर, औषधी, डेरी, मासुजन्य पसलहरुमा अनुगमन गरेको थियो ।