सम्पर्क

वनजंगलमा डढेलो लाग्न नदिन सिन्धुपाल्चोकमा सचेतना अभियान

गर्मी यामसँगै वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ । बिशेष गरी हरेक बर्ष चैत, बैशाख जेष्ठ , असार बढी डडेला्े लाग्ने महीना हो । यी महीनाहरुमा अरु महनिा भन्दा बढी सुक्खा हुने, हावाहुरी लाग्ने , कृषकले खेतबारीमा जिलौटा पोल्ने भउकाले पनी आगोको बढी जोखिम हुने गरेको छ । खाश गरि कुनै न कुनै कारणले देखि वनजंगलमा डढेलो तथा आगलागीका घटना बढी हुने गर्दछन् । यसै बिषयमा ध्यान दिदै डिभीजन बन कार्यलय सिन्धुपाल्चोकले डढेलो नियन्त्रणका लागीविल्ला स्थित सबै सामुदायिक तथा साझेदारी सामुदायिक वनसँग समन्वय गर्दै अभियान सञ्चालन गरेर सक्रियता देखाएको छ ।
एउटा सानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ । यस बारेमा जनमानसमा जानकारी गराउन वन कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समूहले प्रचार प्रसार गर्ने देखि वनजंगलमा सामूहिक रुपमा गस्ती तथा जङ्गल सफाइ गर्ने कार्यलाई अहिले तीव्रता दिएका छन् । कार्यालयले वनमा डढेलो लाग्न नदिन विभिन्न सञ्चार माध्यमबाट व्यापक जनचेतना फैलाउने गरी सन्देश प्रवाह गरिरहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत कृष्ण बहादुर थापाले बताउनुभयो ।  उहाँले
वन जङ्गलमा डढेलो लाग्न नदिन विभिन्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै डढेलो लागे नियन्त्रणका लागी कार्यालयले वन रक्षक तथा अग्नि नियन्त्रण सम्बन्धी विभिन्न औजार सामाग्री तयारी अवस्थामा राखेको बताउनुभयो । डढेलोले वन जङ्गलमा मात्र नभई वन भित्र रहेका बहुमूल्य जडीबुटी तथा वन्यजन्तुमा समेत ठुलो क्षति पुग्ने भएकाले यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी संयुक्त रुपमा डढेलो नियन्त्रण गर्न भुमिका महत्वपुर्ण भुमिका खेली रहेको साहयक वन अधिकृत थापाले जानकारी दिनुभयो ।