मंगलामाई माविले भव्यरूपमा मनायो बालदिवस
पृथ्वीजंग पाण्डे /पिस्कर
जिल्लाका विभिन्न स्थानिय तह तथा विद्यालयहरुले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका बाल दिवस मनाएका छन् ।
५९आंै राष्ट्रिय बालदिवस त्रिपुरासुन्दरी गाउँपालिका — ४ पिस्करमा रहेको मंगलामाई माध्यमिक विद्यालयले भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष गिता नेपालले कक्षा १ देखि कक्षा १२ सम्म विभिन्न प्रतियोगिता सम्पन्न गरि पुरस्कृत हुने बालबालिकाहरुलाई पुरस्कार वितरण गर्दै ड्रप आउट हुने दर रोक्न सबै लाग्नु पर्ने बताउनुभयो ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले पालिकाले कक्षा ८ सम्म दिवा खाजा संचालन गरिएको छ । स्थानीय पाठयक्रम निर्माण त्रिपुराले गरि कार्यन्वयन गरेको छ।परीक्षा शुल्क मिनाह गरि सबै शुल्क पालिकाले बेहोर्ने गरेको छ । शिक्षक कम भएको विद्यार्थी बढी भएको विद्यालयमा पालिकाको स्रोतमा शिक्षकक...
