सम्पर्क

मंगलामाई माविले भव्यरूपमा मनायो बालदिवस

पृथ्वीजंग पाण्डे /पिस्कर

जिल्लाका विभिन्न स्थानिय तह तथा विद्यालयहरुले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका बाल दिवस मनाएका छन् ।
५९आंै राष्ट्रिय बालदिवस त्रिपुरासुन्दरी गाउँपालिका — ४ पिस्करमा रहेको मंगलामाई माध्यमिक विद्यालयले भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष गिता नेपालले कक्षा १ देखि कक्षा १२ सम्म विभिन्न प्रतियोगिता सम्पन्न गरि पुरस्कृत हुने बालबालिकाहरुलाई पुरस्कार वितरण गर्दै ड्रप आउट हुने दर रोक्न सबै लाग्नु पर्ने बताउनुभयो ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले पालिकाले कक्षा ८ सम्म दिवा खाजा संचालन गरिएको छ । स्थानीय पाठयक्रम निर्माण त्रिपुराले गरि कार्यन्वयन गरेको छ।परीक्षा शुल्क मिनाह गरि सबै शुल्क पालिकाले बेहोर्ने गरेको छ । शिक्षक कम भएको विद्यार्थी बढी भएको विद्यालयमा पालिकाको स्रोतमा शिक्षकको व्यवस्था गरेको छ । हेल्प संगको साझेदारीमा साथी शिक्षकहरुको व्यवस्था गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लालबहादुर श्रेष्ठले पठनपाठनमा समस्या भए आफुलाइ भन्न र परेका समस्या सबै हल गर्ने बताउनु भयो । विद्याल्यको हकहितका लागि सधैं लागि पर्ने बताउनुभयो।कार्यक्रममा चम्चा दौड ,धोक्रो दौड, हण्डी फुटाइ,म्याथ रेश,तातो आलु,बेलुन डान्स,हाउस अनुसारको नृत्य प्रतियोगिता लगायतका प्रतिस्पर्धात्यक कार्यक्रम राखिएको थियो । कार्यक्रम साथी शिक्षक बिष्णु मिजारले संचालन गर्नु भएको थियो भने अभिभावकहरुको उल्लेखनीय उपस्थिति समेत रहेकोे थियो ।