सम्पर्क

समाचार

जेष्ठ नागरिक दिवसमा १०४ बर्षीय पहरी सम्मानित

ब्रेकिङ न्युज २, समाचार
३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा वृद्धाश्रममा आश्रित १०४ बर्षीय तिलकुमारी पहरी सम्मानित हुनुभएको छ । चौतारा बृद्धाश्रममा वस्दै आउनु भएका पहरीलाई आश्रममा आयोजित एक समारोहका बीच सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराद्वारा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सांसद सापकोटाले वृद्धावृद्धाहरुलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गर्नुपर्ने बताउनुुभएको छ । उहाँले वृद्धाश्रमको भौतिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्क्त गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराको अध्यक्ष माया निराशीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पूर्व सांसद कृष्णराज श्रेष्ठ, चौतारा साँगाचोकग...

महेन्द्रोदय कप भलिबल प्रतियोगिता हुने

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) सुनकोसी गाँउपालिका वडा नं. ६ स्थित ११ कि.मि पाटिडाँडामा महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाकै भलिबलको ईतिहास बोकेको श्री महेन्द्रोदय माध्यमिक.विद्यालयको आयोजनामा उक्त प्रतियोगिता असोज २५ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम बिजेतालाई नगद २०,०००÷– (अक्षेरुपी बिस हजार) दोस्रो हुनेलाई नगद १०,०००÷– (अक्षेरुपी दस हजार) सहित ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सुनकोशी गाँउपालिका भरिका माध्यमिक बिद्यालयहरूबिच प्रतियोगिता हुने विद्यालय प्रधानध्यापक कृष्णप्रसाद दंगालले बताउनु भयो । उक्त प्रतियोगिताको लागि सुनकोसी– ६ निवासी रामलाल तामाङले नगद ५,०००÷– (अक्षेरुपी पाँच हजार) सुनकोसी– ५ निवासी पार्वति कार्कीले नगद ५,०००÷–(अक्षेरुपी पाँच हजार) सहयोग गर्नु भएको प्रधानध्यापक दंगालले बताउनु भयो ।...

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम 

ब्रेकिङ न्युज १, समाचार
पेट्रोलियम पदार्थको पुरानै मुल्य कायम हुने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गर...

उज्यालो बचत तथा ऋण सहकारीको १५औं बार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
उज्यालो बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । श्री कृष्ण रत्नगंमा माविमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुरÞ्याएको बताउनुभयो । उहाँले धेरै सहकारीहरु झोलामा राखेर काम गर्छन् भन्ने सुनिरहँदा आफुले त्यसतर्फ चनाखो हुँदै नगरपालिकाको कृषी शाखाबाट अनुगमन गरी क्रियासिल सहकारीहरुलाई कामका आधारमा सहयोग गरिएको बताउँनु भयो । गत बर्ष रासायनिक मलमा ढुवानी अनुदान दिइएको उत्पादनमा आधारित अनुदान दिइएको र यस बर्ष पनी त्यसलाई निरन्तरता दिइने भएकाले अझ पारदर्शी र व्यवस्थित तरिकाले सहकारी सञ्चालन गर्न सबैमा अनुरोध गर्नुभयो । नगरपालिकाको कृषि शाखाले स्थलगत अध्ययन गरेर मात्र सहकारी संस्थाहरुलाई सहयोग गरेका छौ भन्दै नगरपालिकाले सहकारीम...

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

ब्रेकिङ न्युज २, समाचार
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।...

नवीन राप्रपा कार्ययोजना साँगाचोकमा

राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका वडा नं. १२ साँगाचोकमा राप्रपाको भूगोल केन्द्रित नवीन राप्रपा कार्ययोजना २०८० अनुसार भेला भएको छ । केन्द्रिय सदस्य चोकराज घिमिरेको प्रमुख अतिथ्यतामा भएको नवीन राप्रपा कार्ययोजना २०८० अनुसार बृहत् छलफलमा राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय सभापती बागमती प्रदेश माननीय कुमारी मोक्तान, प्रदेश सभा २ (क) प्रमुख बाबुराम खड्का, उपप्रमुख मदन केसी र नगर अध्यक्ष शेर बहादुर ठकुरी लगायतको बिशेष उपस्थिती रहेको थियो । बैठकले टोलटोलमा नवीन राप्रपाको अवधारणा अनुरूप अगाडि बढ्ने प्रतबद्धता समेत ब्यक्त गरिएको थियो । १२ नं. वडाका सभापती कृष्ण बहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपामा आस्था राख्ने वडाका अग्रजहरुको उपस्थिती रहेको थियो ।...

नेकपा एमालेको बागमती अध्यक्षमा ढुङ्गेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागी रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल बिच प्रतिस्पर्धा भएको थियो । सार्वजनिक मत परिणामअनुसार रामेछापका कैलाश ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावा दोर्जे लामाले ६१५ मत प्राप्त गर्नू भएको थियो भने सचिबमा नवराज सिलवालले १ मतको अन्तरमा बिजय हासिल गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लाका हस्त पण्डितलाई सिलवालले १ मतले पराजित गराउँनु भएको हो । जसमा हस्त पण्डितको ५६७ मत आएको थियो भने सिलवालको ५६८ मत आएको थियो । त्यसैगरी उपसचिब प्रेमकुमार महर्जनले ५९९ र भक्त कु...

अष्टाङ्ग आयुर्वेद हस्पिटलद्वारा ८ बर्षमा २ लाख ५० हजारलाई सेवा प्रदान

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको यो अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । यस अवधिसम्म आइपुग्दा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको यो हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ । निजी क्षेत्रबाट सञ्चालित यसरी सेवा विस्तार गरी आयुर्बेद पद्दतीबाट उपचार दिने हस्पिटलमा संभवत अष्टाङ्ग नेपालकै पहिला हस्पिटल भएको छ...

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, १३ असोज : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा राख्नुभयो । पूर्वउपप्रधानमन्त्री केसीले भन्नुभयो, “हाम्रा नीति निर्माणमै कमजोरी छ, कार्यान्वयन गर्ने पक्ष त झन कमजोर छ । पैसाको मोलमोलाइको अभियोगमा आयोगका पदाधिकारी नै संलग्न भएको घटना विगतमै बाहिरियो, मुद्दा चलाउन पर्नेलाई सरकारी वकिलले नीति निर्माताका नाममा छोड्यो ।” हामीले अवलम्बन गरेको प्रणाली, सत्ता, जिम्मेवार व्यक्ति र नीति निर्माताप्रति जनतामा असाध्यै ठूलो निराशा रहेको बताउँदै उहाँले जनताको यो निराशालाई गलत...

चीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १३ असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु ।” नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा जानुभएको थिय...