सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण शुक्रबार भीमटारमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको संयुक्त साझेदारीमा स्थानीय तहहरुसँगको समन्वयमा यो कार्यक्रम डेढ वर्षदेखि सञ्चालित छ ।
मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण भएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । महिला आत्मनिर्भरता केन्द्र तथा फेयरमेडले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले संघसंस्थालाई काम गर्न सहज वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक परीक्षण सहजकर्ता डम्बर रसिक भारतीले परियोजनाअन्तर्गत बीस महिनाको अवधिमा भएगरेका कामका साथै समुदायको अपेक्षा समेटिएको प्रतिवेदन...
