बि.सं. २०८० को बडादसैँ
यस वर्ष विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण बिसं २०८०को बडादसैँ असोज अन्तिमदेखि सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिष को तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार...
