सम्पर्क

त्रिपुरामा निःशुल्क आँखा जाँच कार्यक्रम हुदै

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीहरुमा निःशुल्क रुपमा आँखा जाँच सेवा दिने भएको छ । डाक फाउण्डेशन ,नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र त्रिपुरासुन्दरी गा.पा. को संयुक्त आयोजनामा माघ ०५ शुक्रबारदेखि माघ ११ बिहीवारसम्म निःशुल्क आँखा शिवीर सञ्चालन गर्न लागीएको गाँउपालिका स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले जानकारी दिनुभयो । उाहँक अनुसार शिविरबाट सल्यक्रीया गर्न पर्ने देखा परेका बिरामीहरुलाइ २०८० माघ ९ गतेदेखि ११ गतेसम्म पिस्कर स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया समेत गरिनेछ ।