सम्पर्क

जिल्ला स्वास्थ्यद्धारा मौसममा सतर्क रहन अनुरोध

मौसमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तन बाट हुन सक्ने रोगबाट बच्नका लागी स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी झक प्रसाद आचार्यको संयोजकत्वमा बसेको बिपद व्यवस्थापन समितीको बैठकले गरेको निर्णय अनुसार जिल्ला स्वास्थ्य कार्यलयले बुधबार एक बिज्ञेप्ती प्रकाशीत गर्दे यस्तो भनेको हो । स्वास्थय कार्यलय प्रमुख डा दुर्गा बजगाइद्धारा प्रकाशति बिज्ञेप्तीमा शीतलहर चल्न सक्ने जसको प्रत्यक्ष प्रभाव बालबालिका, गर्भवती, जेष्ठ नागरिक तथा रोगप्रतिरोधी क्षमता जाडो मौसमको समयमा विभिन्न स्थानहरुमा चिसो तथा शीतलहर (ऋयमि ध्बखभ) बाट मानिसहरुको असावधानीको कारणवाट हरेक वर्ष श्वाश प्रश्वाश, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु बिरामी पर्ने र केहि व्यक्तिको मृत्यु समेत हुने गरेको छ । विगतका वर्षहरुमा जस्तै मौसमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तन बाट शीतलहर चल्न सक्ने जसको प्रत्यक्ष प्रभाव बालबालिका, गर्भवती, जेष्ठ नागरिक तथा रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा पर्न सक्ने भएको हुँदा सतर्क रहन देहाय बमोजिमका शीत–लहरबाट बच्ने उपाय अपनाउन अनुरोध गरिन्छ भनीएको छ।