सम्पर्क

समाचार

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ, मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । ुसरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैनु, उहाँले भन्नुभयो, ुयस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।बालब...

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

ब्रेकिङ न्युज १, समाचार
हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७ जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि र सरोकारवालाबीच आज आयोजित अन्तरक्रियाका सहभागीले हुलाकलाई सेवाका रुपमा मात्र अगाडि बढाउँदा यसको सुदृढीकरण नहुने बताएका हुन् । हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयका रुपमा हेर्दा यसको महत्व र गरिमा घट्दै गएको सहभागीको टिप्पणी छ । अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हुलाक कार्यालय रुग्ण उद्योग जस्तै बनेको बताउनुभयो । उहाँले सेवाग्राहीले विश्वास गर्ने स्तरको बनाउन सुझाव दिनुभयो । देश सङ्घीय संरचनामा जाँदा समेत हुलाक अझै विसं २०२८ सालको संरचनामा चलिरहेको उहाँको भनाइ थियो । “हुलाकलाई अब व्यावसायिक बनाएर अगाडि लैजानुपर्छ,” प्रमख थापामगरले भन्नुभयो, “राज्यको लगानी चार ...

कृषि विकास कार्यालय धुलिखेलको समीक्षा

ब्रेकिङ न्युज २, समाचार
कृषि विकास कार्यालय काभ्रेले योजना तर्जुमा गोष्ठी गरेको छ । संघ, प्रदेश र स्थानीय तहको कार्यमूलक समन्वय र सहकार्यका लागि गत आ.वको प्रगती समीक्षा तथा अगामी आ.२०८१÷८२ को कार्यक्रम र योजना तर्जुमाको सिलसिलामा आयोजना गरिएको जिल्ला स्तर प्रगती समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरेको हो । गोष्ठीका बारेमा जानकारी दिदै कृषि विकास कार्यालयका कार्यालय प्रमुख कुलप्रसाद दवाडीले समग्र कृषि प्रसारको अवस्थाका बारेमा जानकारी गराउँनु भएको थियो । उहाँले बिशेष गरी उत्पादन मुलक कामका दागी कार्यलयले हरेक कार्यक्रमहरु गरिरहेको बताउँदै २०८०÷८१ मा संचालनमा रहेका कार्यक्रमहरुको प्रगती समीक्षा र आगामी आ.वका लागि सम्भाव्य कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब...

बीमा सार्वधिक जीवन बीमा योजना सार्वजनिक

ब्रेकिङ न्युज २, समाचार
एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । यस कम्पनीको सञ्चालक समिति अध्यक्ष  दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज सापकोटा, संचालक  शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्तरुपमा सोमबार बीमा योजना सार्वजनिक गर्नु भएको हो । यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा छ । बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा ...

लगानी सम्मेलनः सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा आज ‘सूचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपालीमात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको बताउनुभयो । मन्त्री शर्माले मुनाफाआर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्दै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभलिन देशभित्र तथा देशबाहिरका सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दछु । मन्त्री शर्माले नेपालम...

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । यो समाचार तयार पार्दासम्म मतगणनामा सुहाङले ६ हजार ४ सय ३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ १ हजार ६ सय २३ मतले अघि रहनुभएको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा ९एमाले० इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो । एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडक...

जुगल बोर्डिङका बिद्यार्थीले शुद्ध पानी पिउन पाउने

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाईस्कुलले बढ्दो वायुमण्डलिय प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि बिद्यालयमा जारको पानी व्यवस्था गरेको छ । अक्वा जुगल चौताराले उत्पादन गरेको जारको पानी बिद्यालयले लिने निधो गरेपछि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले शुद्ध पानी पिउन पाउने भएका छन् । शनिबार जुगल बोर्डिङ हाई स्कुल चौताराका प्रधानाध्यापक ओमप्रकाश उप्रेती सहितको टिमले अक्वा जुगल कम्पनीको उत्पान क्षेत्रमै गई अवलोकन गरेको थियो । अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासंग सुलभ मूल्यमा पानेपानी उपलब्ध गर्ने गराउने आपसी समझदारी कामय गरिएपछि आईतबार नै बोर्डिङमा ५० भन्दा माथीे जारको पानी ल्याईएको बिद्यालयको प्रिन्सीपल ओमप्रकाश उप्रतीले बताउनुभयो । उहाँका अनुसार जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको २ वटा धारा र एक स्थानीयको घरको धारा प्रयोगमा ल्याउ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ५ ढाँडेबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका– ७ का वडाध्यक्ष रवि तामाङ रहेका छन् । उच्च अदालत पाटनले उहाँविरुद्ध २०७८ फागुन २० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका वडाध्यक्ष तामाङलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।...

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्नेछः बालेन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन शाहले अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस लिएर आएमा काठमाण्डौंका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था हुने जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’ उहाँले सम्पर्क नम्बर ११८० वा, काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह ...

तेस्रो लगानी सम्मेलन काठमाण्डौमा शूरु

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
आज देखी काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बिच उद्घाटन गर्नुभयो । सम्मेलनउद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य सहित उपस्थितीलाइ स्वागत गर्नू भएको छ ।समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट ...