सम्पर्क

समाचार

रेडक्रसको चौतारा उपशाखामा धिताल

समाचार
नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाको सभापतिमा नातिबावु धिताल निर्वाचित हुनुभएको छ । उपशाखाको आठौं अधिवेशनबाट सभापती नातिबावु धिताल, उपसभापती सीता कसजु, सचिव चन्द्र खत्री, कोषध्यक्ष मिलन लामा, सहसचिव सुजाता सापकोटा, उपकोषाध्यक्ष बालसुन्दर कटुवाल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा रिना श्रेष्ठ, ठाकुर श्रेष्ठ, हेमन प्रधान, झम्क घले र कुमार थापा निर्वाचित हुनुभएका छ । अधिवेशनले माधवलाल कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको नव निर्वाचित सभापती नातिबावु धितालले जानकारी दिनुभयो ।...

हेल्पिङ ह्याण्डद्धारा रेलिमायाको परिवारलाई सहयोग

समाचार
मजदुर दिवसको अवसरमा  रेलिमायाको परिवारलाई हेल्पिङ ह्याण्डद्धारा सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ३ पुरानोगाउँ वालुवाका रेलिमाया तामाङको बिपन्न परिवारलाई खाद्यन्न, लत्ताकपडा लगायत उहाँका बालबालिकाहरुलाई स्टेसनरीका सामग्री सहित सहयोग गरेको छ । एकै परिवारमा ८ जना बालबालिका रहेको उक्त परिवार अत्यन्तै नाजुक अवस्था भएको हुँदा सहयोग गरेको हेल्पिङ हाण्ड्सले जनाएको छ । यसअघि पनि हेल्पिङ हाण्ड्सले बाह्रबिसे नगरपालिका भित्र जुनसुकै ठाउँमा बिपत अबस्थामा तुरुन्तै पुगेर उद्दार तथा राहत कार्यक्रमहरु गर्दै आईरहेको छ ।...

खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज १, समाचार
खानेपानी मन्त्री राजेन्द्रकुमार राई समक्ष मेलम्ची खानेपानी प्रभावितले विभिन्न माग राखेका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावितहरुका लागि लेबिको कार्यान्वयन, मेलम्ची हेलम्बु, मेलम्ची भोताङ, दाउचेत केउरिनी बांसखर्क बरुवा याङग्री सडक १२ महिना चल्ने सक्ने गरि स्तरोन्नति गर्नका लागि आगामी बर्षको बजेटमा रकम सुनिस्चित गर्न, सुप अन्तरगत यो बर्ष भएको बजेट कार्यान्वयन र थप बजेटको सुनिश्चितता लगायत बिषयहरुमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुझाउंने कार्यक्रममा पुर्बमन्त्री शेर बहादुर तामाङ, एमाले नेता हस्त पण्डित, बोर्ड सदस्य बिष्णुमणि आचार्य, सरोकार समितिका अध्यक्षहरु उपेन्द्र तामाङ, गोपाल स्याङ्बो, दोर्जे स्याङ्बो मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिती रहनुभएको थियो ।...

मजदुरीमै बित्यो जीवन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो । विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर उहाँले आधा जीवन मजदुरीमै बिताइसक्नुभएको छ । बानेश्वरस्थित एउटा बन्दै गरेको घरमा उहाँले इँटा र बालुवा ओर्साने काम पाउनु भएको छ । “शारीरिक रुपले जति कठिन काम छ, उति नै जोखिम पनि छ”, उहाँ भन्नुहुन्छ, “यही काम पाउन पनि ६ महिना कुर्नुप¥यो ।” विसीका लागी श्रम गर्न पाउनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा महत्वपूर्ण समयमै भनेजति पारिश्रमिक पाउनु हो । धादिङबाट उहाँ दुईवर्ष अघि काठमाडौँ परिवारसहित आउनुभएको हो । काठमाडौँमा रोजगारी पाउने आशा बोकेर आउनुभएकी विसी दःुख गरे अनुस...

वनमा आगो लगाउँनेको सुचना दिनेलाइ ५०हजार

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकाले वनमा आगो लगाउँनेहरुको पहीचान लिन शुरु गरेको छ । गाउँपालिकाले आज सुचना प्रकाशित गरेर आगलागी गर्ने गराउँनेको पहीचान गरी कार्बाही गर्ने भएको छ । त्यसका लागी वनमा आगो लगाउँनेको सुचना दिनेलाइ रु पचास हजार पुरस्कारको समेत घोषणा गरेको छ ।

सुनकोसी मेन्द्रदय पुर्ब बिद्याथीद्धारा कार्कीलाइ नगर सहयोग

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६का राम बहादुर कार्कीलाइ महेन्द्रदोय माध्यमिक विद्यालयका पुर्ब बिद्यार्थीहरुले ४५४००० नगद सहयोग गरेका छन। खाश गरी राहत सहयोगका लागी हल्ला गर्देै एक पक्षीय नेताहरुको उपस्थिती भइरहने सिन्धुपाल्चोकमा यो राहात बितरणका लागी सघीय सासंद प्रदेस सभाका माननीयहरु को रोहबरमा गाँउपालिकाका अध्यक्ष सहीतको टोलीलाइ सहयोग रकम हस्तानन्तरण गरिएको हो । महेन्द्रदय माबीका पुर्ब बिद्यार्थी समाजका संयोजक राम शरण भण्डारीले प्रतिनिधी सभा सदस्य माधब प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री माननीय मसिना खड्का,र माननीय अमृता नेपालको बिशेष अतिथ्यतामा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना मार्फत पीडितलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो । वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आ...

पाँचपोखरी थाङपालमा प्रहरी चौकी भवन समुद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालगाँउपालिकामा प्रहरी चौकी भवनको उद्धघाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री गंगा नारायण श्रेष्ठले एक समोरहोका बिच उक्त भवनको यद्धघाटन गर्नु भयको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट पाँचपोखरी थाङपाल कोे नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनका समुद्घाटन भएका हो । ,उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं.२ (ख) का प्रदेश सांसद माननीय कृष्ण कुमार तामाङ,पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा,पाँचपोखरी थाङपाल गा.पा.का उपाध्यक्ष सुनिता अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानिय जनप्रतिनिधि, विभिन्...

इलाम – २ मा नेकपा (एमाले) का नेम्वाङ विजयी, बझाङमा भण्डारी 

राजनिती, समाचार
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो । एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।...

जुगल गाँउपालिकाद्धारा इ–सिफारिस सम्बन्धी तालिम शुरु

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले यसै बर्ष देखी हरेक गतीबिधीहरुलाइ पालिकाको वइभसाइटमा राख्नुका साथै हरेक कामहरु अनलाइन मार्फत गर्ने भएको छ । यसका लागी मङ्गलबार देखी तिन दिन सम्म क्षमता बिकास तालिमको शुरु गरिएको छ । गाँउ पालिका का सेवाग्रहीहरको समस्यालाइ ध्यानमा राख्दै बदलिदो परिस्थित िमेतलाइ भ्यानमा राखेर यो सेवा शुरु गर्न लागीएको गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवोले बताउानु भयो । तिन दिन सम्म चल्ने तालिममा पालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सहभागी रहनुहुने भएको छ । बैशाख १८,१९,र २० गते गरी तिन दिन सम्म सञ्चालन हुने ताल्मिको शूरवात गर्दे अध्यक्ष स्याङवोले कर्मचारीहरुले राम्रो काम गरे भने गाँउ गाँउका नागरिकले छिटो सेवा पाउँने छन र सबैले सबैलाइ राम्रो भन्ने छन । कर्मचारीले नराम्रो गरे सबैको बदनाम हुन्छ भन्नु हँुदै हरेक कर्मचारीहरुले नागरिकले पाउँने सुबिधा घरबाटै पाउँने र हुने काम भए ...

राज्यको प्राथमिकतामा उद्यमशीलताः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताउनुभएको हो । “उद्योगजन्य, खानी तथा खनिजजन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरुलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्या...