सम्पर्क

समाचार

उद्योगी को हितका लागी मेलम्ची नगरपालिकाले सयोग गर्छ ः तामाङ्ग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  फुडोमा शेर्पा मेलम्ची उद्योग व्यवसायीको हितका लागी मेलम्ची नगर पालिकाले बाणिज्य सङ्घलाई सहयोग गर्न जति बेला पनि तैयार रहेको मेलम्चि नगरपालिकाका प्रमुख आईतमान तामाङ्गलेबताउँनुभएको छ। उद्योग बाणिज्य सङघ सिन्धुपाल्चोकको ११ओै अधिबेशन बाट निर्बाचित भए पछि मेलम्चिका वयवसायिहरुलाई धन्यबाददिन मेलम्चि पुग्नु भएका बुद्द राज बस्नेत सँग कुरा गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बारणहिसे नगरपालिकामा प्रधान कार्यलय राखेको उघ्योग बाणिज्य सझ्घले चौतारामा शाखा कार्यलय राखेको तर मेलम्चिमा कार्यलय नभयकोले वयवसायिहरुलाई समस्या पिररहेकाृ बताउँदै मृलम्चिमा पनि शाखा कार्यल खोलि भवनको व्यवस्था गर्न अनुरोध गर्नू भयो।सो अबसरमा नगर प्रामुख तामाङ्गले मेलम्चिमा व्यवसायिहरुको सहयाृगका लागि भवन निर्माण गर्न चाहेमा नगरपालिकाले पनि यश कार्यका लागि सहयोग गर्ने बताउनु भएको छ । मेलम्ची नगरपालिका नगर प्रमुखको क...

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक, १२ चैत : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्ष...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत निर्वाचित

#, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेत निर्वाचित हुनुभएको छ । संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन अन्तर्गत बाह्रबिसेमा सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा बस्नेत ९ सय ५ मतले विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी सुमन खत्रीले ६ सय ८४ र शम्भु बहादुर तिमल्सिनाले दुई सय ९७ मत प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान ८ सय १२ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सूर्यबहादुर कार्की ६ सय ९४ र विदुर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेको थियो । द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी राजेश श्रेष्ठले ७ सय ९७ मत प्राप्त गर्नुभएको थियो । यसैगरी सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्...

वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि बरुवा सिर्जनशिल युवा समूहलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका –२ प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८० को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आईतबार सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयो । त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाले जानकारी दिनुभयो । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो, सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गर्नुभयो ।...

सुनकोशी ५ बर्थानमा बर्रदानेश्वर महादेव मन्दिर निर्माणका लागि महायज्ञको आयोजना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक सुनकोशी बर्दानेश्वर महादेव संरक्षण समिति सुनकोशी ५, बर्थान मुल आयोजक समितिद्वारा बर्दानेश्वर महादेव मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गरिएको छ । चैत्र १७ गतेदेखि २५ गतेसम्म हुने महायज्ञको बारेमा जानकारी दिदै समारोहको मुल आयोजक समितिका संयोजक एवं संरक्षण समितिका अध्यक्ष कुमार बस्नेतले ऐतिहासिक मन्दिरको निर्माण गर्ने पुण्य कार्यमा सहभागि भई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । ‘परापूर्वकालदेखि संरक्षण हुँदै आएको बर्दानेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप पहलकदमी गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।  बर्दानेश्वर महादेव मन्दिर निर्माणार्थ नेपालका प्रखर युवा वाचक पण्डित  रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियानकर्ता पण्डित हरिचन्द्र तिमल्सिनाको मुखारबिन्दबाट साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट देबलिला झाँक्रीनाचक...

उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्रीबीच भेट

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच दुई पक्षीय हितका विषयमा काठमाडौँमा शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन...

फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १० चैत : जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् । होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने ...

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २८औं बार्षिक साधारण सभा तथा ११औं अधिवेशन बाह्रबिसेमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन बाह्रबिसेमा एक समारोहका बिच सुरु भएको छ । पूर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा माननीय माधव सापकोटाको बिशेष अतिथ्यतामा र मानीय कृष्ण कुमार तामाङ समिर, जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ, उद्योग बाणीज्य संघका सुरु कृष्ण वैद्य लगाएतको अतिथ्यतामा भएको अधिबेशनको उद्धघाटन पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । आजीवन सदस्यहरुलाई सम्मान सहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहन बहादुर बस्नेतले तातोपानी नाका खोल्न पहल त गरिएको होे, तर कुन नेताले भन्ने कुरा आउन सक्छ । अहिले चिनियाँ समुहसँग कुरा गर्न नसकेको कारण त्यति चलेको अवस्था छैन अब चाडै सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । बाह्रबिसेबाट शिक्षाको क्षेत्रमा कक्षा १२ सम्म निःशुल्क भएको र निश...

अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न

जिबनशैली, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विपद फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल, हेलम्बु गाउँपालिकाबाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनुभयो । तालिममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरणका लागी स्थानीयतहमा आवधिक योजना बनाउदा यो सम्बन्धी क्रियाकलाप हरु समावेश गर्नका लागी छ्लफल भएको थियो । आगामी दिनमा आइपर्ने विपत्तिहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको जिउधन रक्षाका लागी टेवा पुर्याउन सकियोस् भन्ने तालिमको मुख्य उदेश्य रहेको पहिरो पुर्व सुचन...

पिस्करमा जेष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
पिस्कर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय) आफ्नो वडाभित्र रहेका बृद्धअवस्थाको उमेर समुहका स्थानीयको घरमै पुग्दा उहाँहरु अत्यन्तै खुसी हुनुभयो । अहिले गाउँमा केटाकेटी र बृद्धबृद्धा मात्र छन् । एक्कासि वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीको टोलि आफ्नो घरमा केही कोसेली सहित पुगे तब उहाँहरु स्थानीय सरकार भेट्न पाउँदा र आफ्नो मनको कुरा राख्न पाएकामा हर्षले गदगद हुनुभयो । उहाँहरुको साहारा लठ्ठी र रेडियो मात्र छ । दिउँसो भएका केटाकेटी पनि विद्यालय जान्छन् । पातलो बस्ती र एक्लै दिन काट्नुपर्ने उनीहरुको बाध्यता छ । कति जना त बुढौलीले थलीएर बसेकोमा वडा अध्यक्ष सहितको टोलि पुगेर केही राहतका सामग्री वितरण गर्नुभएको थियो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा क्षेत्रका ९० बर्ष माथिका ...