सम्पर्क

समाचार

डडुवामा ३जिल्लाका खप्तडी बस्नेतले गरे कुल पुजा र देवाली

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
वैशाख पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा बस्नेतहरु लगाएतका बिभिन्न थरका मानिसहरुले परम्परा अनुसार गर्दै आएको आ–आफ्ना कुल पुजा गरेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा पनि धुमधामसँग खप्तडी बस्नेतहरुको कुल पुजा डडुवामा सम्पन्न भएको छ । उक्त पुजामा सोही नगरपालिका वडा नं. १० का खप्तडी बस्नेतहरुका साथै काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेन नगरपालिका वडा नं. ९ फसकोट र चितवन जिल्ला रामपुरका गरी तिन जिल्लाका खप्तडी बस्नेत दाजुभाईको जमघट भएको थियो । उक्त जमघटमा ६९ घर धुरीको करिब ५ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो । वडा नं. १४ को डडुवामा भएको कुल पुजामा परम्परादेखी गर्दे आएको बिधि अनुसार २ जना धामी मुल धामी भरत बस्नेत अर्का धामी –भान्जा) कोमल बहादुर बस्नेतले कामेर पुजा लिनु भएको थियो भने पण्डीत उज्वल सिग्देलद्धारा स्वास्ती शान्तिका सा...

नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा बाल संजालका पदाधिकारीहरुलाई नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । शनिबारबाट सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी एवम् मेलम्ची नगरपालिकाका उप–प्रमुख उमा प्रधानले सहभागीहरुले यो कार्यक्रमबाट धेरै कुरा सिक्नुहुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो । उहाँले आगामी नितितथा कार्यक्रममा बालबालिका अझ योजनाहरु समेट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रमुख अतिथी प्रधानले यो तीन दिनको यो कार्यक्रममा अनुशासित भएर आफ्नो कर्तब्य पालना गर्दै यो कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथी एवम मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले यहाँ हरुले यो राम्रो अवसर प्राप्त गर्नुभएको छ यो तीन दिनको अवसरलाई राम्रो सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले यो कार्यक्रम सम्पन्न पश्चात् यहाँहरुले हामि...

चौथो हिमाल्यन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामालाई

#, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको चौथो हिमाल्यन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामाले प्राप्त गर्नुभएको छ । योगेस लामा र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ह्योल्मो मेलोडी भाकामा रहेको ङेन्जेन जोम्से दु बोल्को कल्चर गितबाट पुरुष तर्फको अवार्ड लामाले हात पार्नुभएको हो । बिगत लामो समयदेखि मोड्लिङ क्षेत्रमा कार्यरत लामा अभिनय सँंगै नृत्य प्रशिक्षकको रुपमा पनि सक्रिय छ्न । गत बैशाख २५ गते लिसार रिसेपस्न नक्सालको हलमा भएको उक्त अवार्ड कार्यक्रममा हाल रक्षामन्त्री हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो र बरिष्ठ गायिका ज्ञानु राणा, बरिष्ठ कलाकार बसुन्धार भुसाल लागाएत अन्य तह तत्काबाट दर्जनौंको संख्यामा बाक्लो कलाकार को पनि उपस्तिथि रहेको थियो । लामाले यसअघि पनि दोस्रो स्टार म्युजिक एण्ड फिल्म अवर्डबाट पनि उत्कृष्ट मोडल पुरुष तर्फबाट पनि ...

भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
 सनराइज सिन्धु मिडिया प्रालिको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु भएको छ । श्ुक्रबार तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किताबि ज्ञानसँगै शिर्जनशिलताको पनि आवश्यकता रहेको बताउनुभयो । विद्यार्थीहरुसँगै धेरै प्रतिभाहरु हुने भएकाले त्यसलाई बाहिर ल्याउने एउटा माध्यमका रुपमा भित्तेपत्रिकालाई लिन सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उपप्रमुख उमा प्रधानले हरेक ब्यक्तीमा भिन्न भिन्नै कला र सिप हुने भएकाले पढाईसँगै आफुमा भएका कलालाई पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई ब्यबहारमा लागुगर्दै जाने र अन्य विद्यार्थीहरुलाई समेत सिकाउँदै गएमा क्षमता विकासमा टेवा पुग्ने बताउनुभय...

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा पनि उपभोक्ता अदालतको विषय आइसकेको र बजेटसमेत सुनिश्चित भइसकेकाले आगामी आवमा स्थापना हुने बताउनुभयो । मन्त्रालयबाट बजार अनुगमनलगायतका क्रियाकलाप भइरहेका भए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुनेमा जोड दिनुभयो । मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा रु तीन लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको उल्लेख गर्दै उहाँले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गर्नुभयो । उपभोक्ता अदालत स्थापनाका लागि भवनको ...

पत्रकार अधिकारी सम्मानित

ब्रेकिङ न्युज २, समाचार
पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको हो । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा ...

सिन्धुपाल्चोकमा १० हजारबढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आगामी जेठ १३ गतेदेखी सूरु हुने पोलियो बिरुद्धको खोप अभियानमा  सिन्धुपाल्चोक जिल्लाका १० हजार भन्दाबढी बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डा. दुर्गा बजगाईले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १० हजार भन्दा बढी बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो । खोप अभियान जेठ १३ गते देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । पोलियो रोग बिरुद्ध आई.पि.भि खोप अभियान २०८१ को सम्बन्धि जिल्ला स्तरिय पुर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालाहरुको बुधबार बसेको बैठकमा उँहाले यस्तो जानकारी दिनुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिससका उप प्रमुख पदम नेपालले सहभागिहरुलाई स्वागत गर्दै हरेक वडा हरेक घरमा यो अभियानमा लान पर्ने...

सुनखानिमा मादक पदार्थ बिक्री वितरण र जुवा तास खेल्न रोक

समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा नं. ५ मा मादक पदार्थ उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गरिएको छ । सुनकोशी गाउपालिका वडा नं. ५ को जेठ ४ गते शुक्रबार बसेको सर्वदलीय बैठकले वडा नं. ५ का अध्यक्ष जाल बहादुर लामाको प्रस्तावलाई पारित गरेको हो । गत ४ गते बसेको सर्वदलीय बैठकले वडा नं. ५ भित्र मादक पदार्थ बेलुकी ८ बजेपछि बिक्री वितरण गर्न नपाउने र जुवा तास खेल्न पुर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि वडा अध्यक्ष लामाले प्रचारप्रसार लगायतका अन्य तयारी सुरु गर्नु भएको छ । सर्वदलीयमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगाएतका पार्टि प्रतिनिधि वडाका बुद्धिजीवीको उपस्थितिमा उक्त निर्णय गरिएको हो । सोही निमय विपरित जुवा तास खेलाउनेलाई ५ हजार जरिवाना खल्नेलाई ३ हजार जिरिवाना गरिने छ भने मादक पदार्थ सेवन गरि होहल्ला झैझगड...

तुना चप्पल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
रोजगारी र आयमा वृद्धि अबको समृद्धि भन्ने अभिप्रायले चप्पल बनाउने तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १ मा सञ्चालित तालिमको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईको अध्यक्षतामा सम्पन भएको हो । कार्यक्रममा जागृत महिला सहकारी संस्था मार्फत भावि दिनमा व्यबसायिक रूपमा व्यबसायिक चप्पल बन्ने गरि प्रविधि (मेसिन) हस्तान्तरण समेत गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले अब तालिम तालिममा मात्र सिमित नगरी व्यबसायिक रूपमा सञ्चालन गर्नको लागि अनुरोध गर्दै आफ्नो तह र तप्काबाट सहजिकरण गर्नै कुरा व्यक्त गर्नुभएको छ । साथै वडा नं.१ का वडा अध्यक्ष र जनप्रतिनिधिहरूको सक्रियतामा सञ्चालित कार्यक्रम वडा कार्यालयमार्फत थप अनुगमन मुल्यांकन र पृष्ठपोषण प्रदान गर्दै व्...

पाँचपोखरीको लार्के स्थित निकताता बन्यो झोलुङ्गे पुल,स्थानीयमा खुशीयाली

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    देबराज सुबेदी, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानिय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानिले खुशियाली मनाएका छन् ।पुल निर्माणसंगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानियले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरुले समेत धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो ।हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट तुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानिय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै...