चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास
सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो ।
प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्...
