सम्पर्क

गुणस्तरिय शिक्षामा जोड दिुनपर्छः वडाध्यक्ष श्रेष्ठ

शिक्षा सिकाइका आधारमा पुरस्कार र कार्वाहीको प्रकृया अगाडि बढाउने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष युवलाल श्रेष्ठले बताउँनु भएको छ ।
वडा शिक्षा समितिको बैठकमा वडाभरिका शिक्षकहरुलाई शिक्षा बिकासका लागि लाग्न अनुरोध गर्दै गुणस्तरिय शिक्षण सिकाइमा लाग्न अनुरोध गर्नुभयो । उहाँले अनुहार हेरेर होईन शिक्षाको सिकाइ हेरेर राम्रो नतिजा दिने शिक्षकलाई सम्मान, पुरस्कार दिने र शिक्षा सिकाइमा कर्मशिल नतिजा दिनेलाई कार्बाहीको सिफारिस गरिने बताउँनु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखा प्रमुख वसन्तराज जोशिले हरेक बिद्यालयका बिद्यार्थिहरुको सिकाइलाई आधार मानेर शिक्षकको मुल्याङ्कन गरिने भएकाले यस तर्फ ध्यान दिन ज  रुरी भएको बताउँदै शिक्षा बिकासका लागि नगरबाट भएको सहयोगको मुल्यखेर जान नदिन सबै लागि पर्नुपर्ने बताउँनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ का वडासदस्य तथा न्यायिक समितिका सदस्य रामशरण अधिकारिले शिक्षण सिकाइमा अभिभावक, विद्यार्थीहरुको भुमिका मध्ये बिद्यालयका शिक्षकहरुको बढि भुमिका भएकोले आफ्नो भुमिका निर्बाह गर्न पछि हट्न नहुने बताउँदै शिक्षा सिकाई गुणस्तरिय र परिणाममुखि हुनपर्ने बताउँनु भयो ।
वडा नं. १ का वडा सचिब राज बहादुर श्रेष्ठले वडा कार्यालयबाट हुने हरेक कामहरुको पारदर्सिताका लागि शिक्षकहरुको पनि भुमिका हुने बताउँदै गुणस्तरिय शिक्षाबाट उपलब्ध हुने नतिजाका आधरमा हुने मुल्याङ्कनमा स्याउले पहिलो हुने गरि काम गर्न आग्रह गर्नुभयो ।
वडा भित्रका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानध्यापकहरु र विद्यालय दिवाखाजा ढुवानि गरिरहेको नेत्रज्योति कुषि सहकारि संस्थाका पदाधिकारिको समेत उपिस्थितिमा भएको बैठकमा सेतिदेवि माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपाल पुरीले बिद्यार्थिहरुको सिकाइ उपलब्धिमुलक बनाउनका लागि सबै प्रअहरु लागि परिरहेका हुन्छन् ।
त्यसै अनुरुप बिद्यालयका शिक्षक, बिव्यस लागेका हुन्छन् तर शैक्षिक नतिजा उद्वेश्य अनुरुप आउन सकेको छैन, यसका लागि हामी पनि चिन्तित छौ, आगामि दिनमा अझ बढि प्रयास गरिने गरि काम गर्ने बताउँदै बिद्यालयमा पर्ने समस्याप्रति स्थानिय सरकारले सम्बोधन गर्दै कहाँ कसरी कमजोरि भयो, यसको लागि सुझावको अपेक्षा गरेको बताउँनु भयो ।