सम्पर्क

लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्य सम्पन्न

सताक्षीधाम साहित्य संगमका अध्यक्ष मानाथ दाहालकृत् सनेस लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्य सम्पन्न भएको छ ।
आइतबार डा. हरिप्रसाद भण्डारीको सभापतीत्वमा स्रष्टा साँझ अमेरिकाले कार्यक्रम आयोजना गरेको थियो । जुम प्रविधिमार्फत् गरिएको उक्त कार्यक्रममा डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम , डा. शेखरकुमार श्रेष्ठ , इन्दिरा चापागाईँ र शेखर अर्याल परिचर्चाकारको रूपमा रहनु भएको थियो । उहाँहरूले कृतिको गुण र दोषको आधारमा विमर्श गर्नु भयो ।
सैद्धान्तिक पक्षमा ध्यान दिएर लेखिएको सनेस कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश लघुकथामा बिम्ब , प्रतीक , व्यङ्ग्य भाव , संवाद , कृतिमा सामाजिक राजनीतिक विकृति ,
प्रशाशनिक वेथिति , आदर्श र यथार्थ भाव , राजनीतिक विसङ्गति , महिला र बुढ्यौली वर्गका समस्या , देशप्रेम र राष्ट्रियताजस्ता विविध विषयमा उठान गरेको , भाव र विचार पक्षको मिलन , सकारात्मक सिकाइको बाटो अपनाइएको बताउनु भयो । आफ्नै परिवेशभित्र कथानक बुनिएको , उखानको भरमार प्रयोगले मिठास थपेकोले कृति सुन्दर बनेको चर्चा गर्नु भयो तर केही थोरै लघुकथाहरूले लघुकथाको मापदण्डलाई आत्मसात नगरेको , आख्यान तत्वको अभाव रहेको , द्वन्दको हिसाबले केही लघुकथा शिथिल रहेको , शुद्धतामा थोरै ध्यान नपुर्याएको , शब्द र वाक्यगठनको चयनमा खास ध्यान दिनुपर्ने दोष केलाएर आगामी दिनमा सुधारको बाटो अपनाउन पनि सुझाव दिनु भयो ।

प्राध्यापक विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रमना लता के. सी. अतिथिकोरूपमा उपस्थित रहेर कृतिकारलाई बधाइ तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा कृतिकारले आगामी दिनमा आफूलाई सच्याउने प्रसस्तै बाटाहरू पाएकोमा खुसी व्यक्त गर्दै सबै पक्षलाई धन्यवाद दिनु भयो । अन्त्यमा कार्यक्रमका सभापती डा. हरिप्रसाद भण्डारीले कार्यक्रम निकै फलदायी रहेको र आफूलाई आयोजकले अवसर र स्थान दिएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।