सम्पर्क

समाचार

तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन गाईपूजा गरिँदै

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २३ कात्तिकः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौ...
तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

जिबनशैली, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
- रमेश कुमार बोहोरा मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन् । यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्छन् । नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइने तिहार पनि धार्मिक आस्था, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव, प्रकृतिप्रतिको सम्मान र आर्थिक गतिविधिसँग जोडिएको बहुआयामिक पर्व हो । दीपावली, यमपञ्चक तथा उज्यालोको पर्वका रूपमा परिचित तिहारको महत्त्व पूजा, आराधना र मनोरञ्जनमा मात्र सीमित छैन । यसले मानव जीवन, जीवजन्तु, श्रम, उत्पादन र समृद्धिबीचको अन्तरसम्बन्धलाई समेत उजागर गर्छ । त्यसैले तिहारलाई केवल धार्मिक उत्सवका रूपमा होइन, नेपाली समाजको सांस्कृतिक पहिचान र आर्थिक जीवनसँग जोडिएको महत्त्वपूर्ण अवसरक...
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० कात्तिकः नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थ...
जन्मत्सोवपार्कमा ६०फिटको झण्डा राख्ने  पोल ठड्याइयो

जन्मत्सोवपार्कमा ६०फिटको झण्डा राख्ने पोल ठड्याइयो

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको घमानेडाँडामा रहेको थानवारेगढीमा स्थापित जन्मत्सोवपार्कमा ६०फिट अग्लो नेपालको झण्डा फराइने भएको छ । जिन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगतग पत्रकार गोबीन्द चौलागाँइको अबधाराणा अनुसार सिन्धुपाल्चोक जिल्लाका पत्रकार नेत्र बहादुर बस्नेतले आफ्नो जन्मदिनको अबशरपारेर बृक्षरोपण कार्यक्रम शुरु गर्नु भएको उक्त स्थानमा पुराना गढीहरु समेत रहेको पाइएको र उक्त स्थानमा पहीले राष्ट्रिय झण्डा समेत फराइरहेको भन्ने बुढापाकाहरुको भनाइ रहेकाले त्यस स्थानमा राष्ट्रिय झण्डा राख्नको लागी बिहीबार झण्डा राख्ने गोलाकार स्तम्भमा पोल राख्ने काम गरिएको हो । स्थानीय उत्सव नेपाल,कृष्ण बहादुर नेपालको समेत जन्मदिन परेको र उक्त लिन जिल्लाबाट प्रकाशित  लोकप्रिय समाचारदैनिकको स्थपनादिबशको अबशर पारेर जन्मदिनलाइसत्कर्ममाजोडौ अभियानका गोबिन्दचौलागाइ तत्कालीन...
जनताका वास्तविक समस्या र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघीबढ्नुपर्ने ःमहामन्त्रीपौडेल

जनताका वास्तविक समस्या र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघीबढ्नुपर्ने ःमहामन्त्रीपौडेल

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले जनताका वास्तविक समस्या र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने जनताले आफ्ना कामका लागी सिंहदरबार धाउने होइन, अधिकार गाउँसम्म पु¥याउने ‘बदलिएको कांग्रेस’ बनाउँन लागी पर्ने बताउँनु भएको छ ।  नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, सिन्धुपाल्चोकको आयोजनामा दीपावली, नेपाल संवत् एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान, सम्मान तथा अन्तरक्रिया कार्यक्रमको उद्धघाटन गर्नु हुँदै महामन्त्री पौडेलले औपचारिक कार्यक्रम र समितिका बैठकले मात्रै स्थानीय विकास सम्भव नहुने बताउनुभयो।उहाँले जनताका समस्या र मुद्दालाई पार्टीका बैठक तथा छलफलमा उठाउनुपर्ने उल्लेख गर्दै नागरिकका चिन्ता, बहस र पैरवीमार्फत जनजीविकाका सवाललाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, विकास तथा नागरिकका पीडा र समस्या समाधानमा कांग्रेसले...
सिन्धुपाल्चोक काँग्रेस जिल्ला सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध

सिन्धुपाल्चोक काँग्रेस जिल्ला सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेसकोे १५औ सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । बाह््बिसेमा  भएको जिल्ला अधिबेशनले बस्नेतलाइ निर्बीरोध निर्बाचित गरेको हो सोमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका बस्नेतलाई जिल्ला सभापतिमा निर्विरोध गरको छ भने उपसभापतीमा गोरखहवज लामा प्रदिप गुरुङ रहनु भएको छ भने सचिबमा निराजन चौलागाई र रामचन्द्र बुढाथोकी रहनु भएको छ । यसै गरी सहसचिबमा रुपकपुरी , कोषाध्यक्षमा सुजन पौडेल र सदस्यहरमा कृष्ण बहादुर न्यौपाने, शेर बहादुर राय,श्याम सुन्दर पाख्रीन बिष्णुमायाँ तामाङ अनिल तामाङ लगाएत रहनु भएको छ । जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले अहीले सम्म सबैले आफुलाइ नेता बनाएको अब आफुले अरुलाइ नेता बनाउँन लागी परेको बताउँनु हुँदै नेपाली काँग्रेसको आधिकारिता आफु...
लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
रासस,काठमाडौँ, १५ कात्तिकः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक...
वडा कार्यालयको सेवा प्रवाहमा पुनम भण्डारीको सक्रियता, अध्यक्ष तामाङको व्यवस्थापन प्रशंसनीय

वडा कार्यालयको सेवा प्रवाहमा पुनम भण्डारीको सक्रियता, अध्यक्ष तामाङको व्यवस्थापन प्रशंसनीय

बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१० को वडा कार्यालयबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा जनसेवाका कामलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन वडा कार्यालयले सक्रियता देखाएको छ । वडा सचिव पुनम भण्डारीको जिम्मेवारीपूर्ण कार्यशैली र वडा अध्यक्ष निलबहादुर तामाङ ‘सुमन’को नेतृत्व तथा व्यवस्थापकीय भूमिकाले वडा कार्यालयको कामकाजलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । वडा कार्यलय छिर्ने गेटमा वडाअध्यक्ष निल बहादुर तामाङ सुमनले आफ्नै लगानीमा भगवतीको मन्दीर निर्माण गरिदिनु भएको छ । सबैले दर्शन गरेर कार्यलयमा जाने गरेका छन । वडा नं १०को कार्यलयले आफना नागरिकहरु अपाङ्ग, असाय , जेष्ठ नागरिकलाइ घरघरमा सेवा दिएको छ । सामाजीक सुरक्षा भत्ता भनेको नसक्ने र जेष्ठनागरिकले पाउँने हो त्यसैले उहाँहरुको लागी हामीले दुइ चार दिन खटेर घरघमा लगीदिदा केही पनी क्षेती नहुने भन्दै वडाअध्यक्ष सुमनले घरघरमा...
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, समाचार
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विश्वव्यापी प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले गठन गरेको सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार एवं मधेशी आयोगकी माननीय सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्व अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्य सन्ध्या पहारी रहेका छन्। त्यसैगरी च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई नेपाल च्याप्टर महिला समितिको संयोजकमा चयन गरेको छ। सल्लाहकार समितिमा चयन भएका व्यक्तित्वहरू नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका विविध क्षेत्रमा आआफ्नो विश...
१६ गते बाह्रबिसेमा सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन,

१६ गते बाह्रबिसेमा सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन,

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस इतर पक्ष सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आगामी कात्तिक १६ गते बाह्रबिसेमा हुने भएको छ। कांग्रेसका प्रभाबशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितिमा आज काठमाण्डौमा सम्पन्न छलफलले अधिवेशनको मिति तय गरेको हो।जिल्लामा पार्टीको संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी एकता कायम गर्ने र आगामी राजनीतिक चुनौतीको सामना गर्न कांग्रेसलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको जनाइएको छ। अधिवेशनलाई सफल, व्यवस्थित र गरिमामय बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ।पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन आपसी एकता, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने भन्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न सके संगठन थप सुदृढ हुने बताउँनु भएको छ। जिल्ला अधिवेशनलाई पार्...