विपद् व्यवस्थापन गर्न आपसी समन्वय बढाउनुपर्नेमा जोड
काठमाण्डौं
नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ । आज यहाँ आयोजित ‘विपद् फोकलपर्सन’ बैठकमा सहभागी वक्ताले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र अन्य सरोकार भएकाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका हुन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) अनुगमन तथा समीक्षाका सम्बन्धमा विभिन्न सङ्घीय मन्त्रालय, निकाय, विभाग एवं काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका ‘विपद् फोकलपर्सन’बीच छलफल भएको हो ।
विपद् व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, राष्ट्रिय रणनीतिक कार्ययोजनाको अवस्थालगायत विषयमा जानकारी लिन र आगामी योजना तय गर्ने उद्देश्यले फोकल व्यक्तिबीचमा छलफल आयोजना गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्...
