सम्पर्क

समाचार

खासामै रोकिए दसैँका सामान

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा दसैंलक्षित सामग्री बोकेका ७० वटा र फलफूल बोकेका २३ वटा गरी ९३ कन्टेनर लामबद्ध छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग्री र फलफूल समयमै नआइपुग्ने त्रासले व्यवसायी चिन्तित छन् । ‘दसैं आउन धेरै समय छैन, उता व्यापारीले हालेको सामान समयमै राजधानी आइनपुग्दा हामीजस्ता दर्जनौं व्यापारी पिरोलिन थालेका छन्,’ व्यवसायी कपिल पाख्रिनले भन्नुभयो । केही दिनअघि चीनको खासा र न्यालम क्षेत्रको पुनर्निर्माण अवस्था निरीक्षण गरेर आएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत दयानन्द केसीले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरेको बताउनुभयो ।...

मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम

ब्रेकिङ न्युज २, समाचार
यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ । आवास निर्माण सुरु गरे पनि अनुदानबापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसुनको समयमा थप समस्या भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । “कतिपयले ऋण लिएर आवास पुनःनिर्माण गरेका छन्, सरकारले दिने अनुदान रकमबाट ऋण तिर्ने आसमा बसेका लाभग्राहीको अनुदान रकम निकासा नहुँदा समस्यामा भएको गुनासो दिनहुँजसो आउने गरेका छन्”, उहाँले भन्नुभयो,“विगत तीन महिनादेखि अनुदान प्राप्त गर्न नसकी विपद् प्रभावित लाभग्राहीको मर्कामा परेका छन् । घर निर्माण नहुँदा प्रभावितहरू जोखिम भएकै स्थानमा बस्न बाध्य छन् । नेपाल सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस विषय...

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रसको ६२औँ स्थापना दिवस

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो । हाल स...

तीजले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिकाखेलेको छ ः पुर्ब मन्त्री मोहन बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
मुलुकको संस्कार र संस्कृति संरक्षण र अनुशासित जिबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बुधबार भोटेकोशी गाँउपालिकामा आयोजित तिज बिशेष शुभकामना आदन प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । भोटेकोशी गाँउपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले धर्म सस्कार र सस्कृती पनी एक किसिमको बिधी बिधान हो यो धार्मीक बिधी बिधान मा रहेर बसेका मानीसहरु ले गरेका हरेक कामहरु सफलताको बाटोमा रहेका आफुले महशुस गरेको बताउँनु भयो । महिलाका पीर र वेदनालाई पोख्ने पर्वका रुपमा मनाइँदै आएको तीजले पछिल्लो समय समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति भएको मुलुकलाई एक सुत्रमा बाँध्न यस्ता चाडपर्वले विशेष सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना...

रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिका वडा नं १ सिम्पालकाभ्रे घर भएकी मृतक कान्छि तामाङकी श्रीमान दिल बहादुर तामाङलाइ लाई दाबी वापतको रकम हरुतान्तरण गरिएको हो । चौतारा स्थित शाखा कार्यालयमा १ लाख ३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चौतारा शाखा कार्यालयबाट १ लाखको आजिबन जिबन बिमा असार १७ गते एक किस्ता तिरेर गरेको तर २१ दिन पुग्न नपाउदै साउन ९ गते नै कान्छि तामाङको मृत्यु भएको थियो । आफ्नो श्रीमती गुमाउनुको पिडा त छदै तर पनि रिलायबलमा थोरै भए पनि श्रीमतिको जीवन बीमा गरेको थिए अहिले मलाइ बुढेसकालको लागि खर्च पुग्ने भन्दै श्रीमान दिल बहादुरले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाइ धन्यबाद ब्यक्त गरे। रिलायबल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक लक्ष्मण बिष्टले जीवनमा मानिसलाइ कति खेर के बिपत्त...

युनियन स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमाचौतारामा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।नेपाल निजामती कर्मचारी युनियनन सिन्धुपाल्चोकले बृद्धाश्रमलाई चामल, दाल, तेल , चिउरा लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।नेपाल निजामती कर्मचारी युनियनका निर्वतमान केन्द्रीय उपमहासचिव यज्ञराज अर्याल र जिल्ला अध्यक्ष तम्बर लामाले सँयुक्त रुपमा खाद्य सामग्री हस्तारन्तण गर्नु भएको हो। कार्यक्रममा निवर्तमान उपमहासचिव अर्यालले कर्मचारी युनियनले समग्र निजामती प्रशासनमा नेतृत्वदायी भुमिका खेल्दै अग्रणी राष्ट्रीय स्तरको ट्रेड युनियन रहेको बताउदै यसले निजामती कर्मचारीका पेशागत हकहितका अतिरिक्त नागरिक मैत्री सार्वजनिक सेवा प्रवाह र सामाजिक कार्यहरुमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको बताउँनु भयो । २०६४ सालको परिवर्तन पश्चात नेपालको निजामती प्रशासनमा कार्यरत लोकतन्त्रमा आस्था राख्...

तीजले कलाकारलाई भ्याइनभ्याइ

जिबनशैली, मनोरन्जन, समाचार
गण्डकी, १९ भदौ : गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ । आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए । गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा...’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा (मङ्गलबार दिउँसोसम्ममा) एक करोड १३ लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो । एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ । अन्य गीतलाई थाँती राखेर अधिका...

आजको मौसम देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

जिबनशैली, समाचार, स्वास्थ्य
काठमाडौँ, १९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छहाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क...

२३ गते चौतारामा शिक्षा सम्मान

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी २३ गते बिश्व साक्षरता दिबश मनाउँने भएको छ । मङ्गलबार बसेको नगर शिक्षा समितिको बैठक ले यस्तो निर्णय गरेको हो । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले शिक्षा युवा तथा खेलकुद शाखाको कार्यक्रमको कार्यतालिका अनुमोदन गर्दै ,उत्कृष्ट विद्यार्थी र बिद्यालय प्रोत्साहन कार्यक्रम गर्नै ,स्वयंसेवक शिक्षक तथा दिवा खाजाको लागि भान्सेको कर्मचारी व्यवस्था कसरी गर्ने भन्ने बिषउमा केन्द्रीत रही ,निशुल्क शिक्षाको चुनौती , विद्यालय ब्यवस्थापन खर्च सम्बन्धि बिषयमा बिभिन्न छलफल गरेको छ । बैठकले आगामी भाद्र २३ गते अन्तराष्टीय शाक्षारता दिबशका दिन नगरपालिकामा रहेका माध्यमिक बिद्यालयका कक्षा ८,१०र १२का उत्कृष्ट बिद्यार्थी र शिक्षकहरुलाइ प्रोत्साहन सम्मान तथा पुरष्कार समेत दिने निर्णय भएको शिक्षा शाखा प्रमुख बसन्त राज जोशी ले बताउँनु भयो ।...

चौतारामा अपाङ्गता समाबेशी बिकास सम्बन्धि अभीमुखी कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
शुसिला श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकामा “ समुदायमा आधारित अपाङ्गता समाबेशी बिकास” सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम भएको छ।अपाङ्गताभयका ब्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन शसक्तिकरण कार्यक्रम को आयोजनामा भएको कार्यक्रम नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापाको सभापतित्व भएको हो ।  नगर पालिकामा कार्यरत बिभिन्न शाखाका कर्मचारी तथा नगर कार्यपालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो । बौद्धिक अपाङ्गताका अभिभाबक महासघ नेपालका अध्यक्ष एवम अधिबक्ता राजु बस्नेतले कार्यक्रमको सहजिकरण गर्दै अपाङ्गता भनेको के हो यसको परिचय पत्र लिने मापदण्ड के कसरी दिने भन्ने बिषयमा जानकारी गराउँनु भएको थियो ।कार्यक्रममा अन्तरक्रियात्मक तथा समुहगत अभ्यास मार्फत बिशेस गरेर समुदायमा आधारित अपाङ्गता समाबेशी बिकासमा स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी ...