सम्पर्क

समाचार

बिभिन्न कार्यक्रम गर्दै मनाईयो संविधान दिवस

ब्रेकिङ न्युज १, समाचार
     संबिधान दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रमहरु गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा क्षेत्र नं. १ का माननिय माधब सापकोटा सुबोधको प्रमुख अतिथ्यतामा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको बिषेश अतिथ्यतामा प्रभातफेरी र्याली सहित कोण सभा गरेर दिबस मनाएको छ । कार्यक्रममा नगर उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, सरकारी गैर सरकारी कार्यालयका प्रतिनिधी, सामुदयक तथा निजी बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । यसैगरी संविधान दिवसको अबसरमा सुनकोशी गाउँपालिकाले पनि प्रभातफेरीको कार्यक्रम गरेको थियो भने मेलम्चीमा पनि दिप प्रज्वलन गर्दै सविंधान दिवस मनाईएको छ । मेलम्ची नगर उद्योग वाणिज्य सघं र लायन्स क्लव अफ मेलम्चीको संयुक्त आयोजनामा मेलम्चीमा दिवस मनाइएको ह...

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु

ब्रेकिङ न्युज २, समाचार
 बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको योजना तथा निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रहरी उपरीक्षक सन्तोष खड्काले दुर्घटना भनेका बाजा बजाएर यतिबेला हुन्छ भनेर हुने होइन यो अपर्झट, सवारी चालक तथा यात्रीहरुको साना तिना गल्तीले पनी हुन सक्छ , त्यसैले यस तर्फ सचेत रहनु सरोकारवालाहरुको सबैको दायित्व रहेकोले यसतर्फ ध्यान दिन सबैमा अनुरोध गर्नुभयो । उहाँले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम सबैको साझा कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पारेर दुर्घटना न्यूनीकरण गर्न सबैको साथ र सहयोगको आबश्यक हुने हँुदा सबैको सहयोगको लागी अनुरोध गर्दै चाडपर्व सभ्य भव्य र सुन्दर ...

संविधानको पुर्ण कार्यान्वयन नै अहिलेको आवश्यकता ः काँग्रेस नेता बिल बहादुर तामाङ

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचीव महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले संविधानलाई पुर्ण रुपमा कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा चौतारा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित कार्यक्रममा नेता तामाङले संविधान दिवसको शुभकामना दिदै जुन महान उदेश्यका साथ नेपाली जनताको भविष्यसँंग जोडिएको संविधान जारी भयो त्यो उदेश्य पूरा गर्नाको लागि संविधानको पुर्ण कार्यान्वयन हुन जरुरी रहेको उहाँले बताउनुभयो । अहिलेको संविधानले सबैलाई गोलबद्ध गराएको छ चाहे त्यो कर्मचारी होस् जनप्रतिनिधि होस् या राजनीतिक दलका प्रतिनिधिहरु त्यसैले पनि संविधानको क्रियाशिलता र कार्यान्वयन हुनु पर्ने जरुरी रहेको तामाङले बताउनुभयो । संविधान एउटा कृयाशिल दस्तवेज हो कतैकतै असन्तुष्टिको स्वरहरु पनि गुन्जिएको छ जनताको पक्षमा छैन भने त्यसलाई संशोेधन गर्न सबै लागि पर्नु पर्न...

मेलम्ची नगरपालिकालाई सम्मानको ओइरो, नेपाली काँग्रेस बागमती प्रदेशले पनी गर्यो मेलम्चीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकालाइ एक पछी अर्काे सम्मान प्राप्त भएको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्ची नगर पालिकालाइ नेपाली काँग्रेसका केन्द्रीय सभापतीले सम्मान गर्नु भए लगत्तै नेपाली काँग्रेस बागमती प्रदेशले पनी मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई सम्बिधान दिबसको दिन एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्य मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा नेपाली काङ्ग्रेस बागमती प्रदेशका...

अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम चौतारामा सुरु भएको छ । ऋद्यः न्यिदभि को आर्थिक सहयोग र सप्रोस नेपालको आयोजनामा अपाङ्गता भएका अगुवा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम बुधबारबाट सुरु भएको सप्रोस नेपालका कार्यकारि निर्दशक महेश्वर ढकालले जानकारी दिनुभयो । ३ दिनसम्म सञ्चालन हुने उक्त तालिममा चौतारा सागाचोकगढी नगरपालिकाको १४ वटै वडाबाट छनोटभई आएका १४ जना र बलेफि गाउँपालिकाका ८ वडाबाट छनोट भई आएका ८ जना गरि जम्मा २२ जना अपाङ्गता भएका ब्यक्ति तथा अपाङ्गताका अभिभावक अगुवा महिलाहरुको सहभागिता छ ।...

नेपाल मगर महिला संघले “२७ औ स्थापना दिवस मनाउने

मनोरन्जन, समाचार
दर्शन सुनार नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेकोे महिला बिभागको आयोजनामा आगामी शुक्रबार “२७ औ स्थापना दिवस“कार्यक्रम हुने भएको छ । “जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तीकरण र पहिचानको संरक्षण सम्बर्द्धन पक्षमा हाम्रो अभियान“, भन्ने मुल नाराका साथ स्थापना दिवस सगै “चेलीमाइती भेटघाट तथा महिला सचेतना कार्यक्रम–२०२४“ को आयोजना गरिएको कार्यक्रम संयोजक सीता राना मगरले जानकारी दिनुभयो । शुक्रबार कतारको प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ संस्था,समाजसेवी,बुद्धिजीवी,कलाकार,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजु–भाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि नेपाल मगर संघ शाखा कतारले हार्दिक निमन्त्रणा समेत गरेको छ ।...

चौतारामा पनी इन्द्र जात्रा शुरुवडाअध्यक्षद्धारा खुशी ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा यस बर्ष देखी इन्द्र जात्रा मनाउँन शुरु गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले हरेक महत्वपुर्ण पर्ब मध्य इन्द्र जात्रा पनी अती महत्व पर्ब पर्ने भएको ले यो पर्ब मनाउँन शुरु गर्न लागेको बताउँनु भयो । इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुरानो बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवको प्रतिमा स्थापना गरिए पछि इन्द्र जात्रा मनाउन थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।गत वर्ष स्थानीय समाज सेवी रबिन्द्र श्रेष्ठले भैरवको प्रतिमा स्थापना गर्नु भएको थियो । ९ ÷११ फुटको उक्त प्रतिमामाको शिरमा ईन्द्र भगवानको प्रतिमा स्थापना गरिएको छ । बाजागाजा सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा जात्रा मनाई...

‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो । “खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ । युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ ...

भदौ महिनामा लघुकथासम्बन्धि गतिविधि

समाचार, साहित्य
- भदौ महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ५४३ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ । यस महिनामा नयाँ लघुकथाकारहरु गणेश निरौला, भुवन गौतम , बिना बुढाथोकी , टीका शिवाकोटी , ईश्वर लामिछाने र प्रकाश कुइँकेल रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ । - लघुकथा समाज,नेपालले स्रष्टा आरआर चौलागाईलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ले सम्मानित गरेको छ ।  भदौ ५ गते समाजको १७ औं स्थापना दिवसको अवसरमा काठमाण्डौँस्थित सर्वनाम थियटरमा आयोजित कार्यक्रममा लघुकथा गान बजाएर कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल , विशिष्ट अतिथि ओम श्रेष्ठ ‘रोदन’ र पूर्णप्रसाद ब्राह्मणका सन्तान दिनेश शर्मा र निर्मला शर्माले नगदसहित सामूहिकरुपमा सम्मान समर्पण गर्नु भयो । कार्यक्रममा राजेश खनालले स्वागत मन्तब्य व्यक्त गर्दै संस्थ...

यस्तो ल्याइँदै छ, जिल्ला प्रहरी कार्यालय चौताराले चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नयाँ रणनीतिका साथ सुरक्षा योजना बनाएको छ । सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै ६ बुँदामा सुरक्षा योजना सार्वजनिक गरेको हो । दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने लुटपाट लगायत सम्भावित घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने ...