सम्पर्क

समाचार

सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १३ असोजः अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याइने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीपहिरामा परी प्रभावित भएका र घाइते भएकालाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, मन्त्रीलगायत उपस्थित हुनुहुन्थ्यो । बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस्तै, बाढिपहिरोबाट घरवास गुमाएका पीडितको पुन...

बाढी– पहिरोले सिन्धुपाल्चोकमा १३ सहित देशभर ९९ जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
  तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण सिन्धुपाल्चोकमा १३ सहित देशभर ९९ जनाको मृत्यु भएको छ । शनिवार लिसंखुपाख गाउँपालिका ३ का पुर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ । त्यसैगरी सोही वडाकै तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उहाँको एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि ३ जना कोरियन नागरिकसहित १ नेपाली गाईड गरी ४ जनाको मृत्यु भएको छ । १५ जनालाई सकुशल उद्धार गरीएको छ । यस्तै जुगल गाउँपालिका–१ कुनेगाँउमा पहिरोले ३ घर बगाउँदा ४ जनाको मृत्यु भएको हो । चीन जोड्ने कोदारी राजमार्गको लिपिङ पुल बगाएको छ । लार्चास्थित बेलिब्रिज पनि भोटेकोसी नदीले बगाएको छ । जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । बाढी पहिरोले स्थानी...

खोलाले बगाउँदा मोटरसाइकल चालक सिन्धुपालचोकका राजन श्रेष्ठ बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ११ असोजः काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस...

कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
बागमती, ११ असोज : अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले आज साँझ सूचना जारी गर्नुहुँदै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गर्नुभयो । मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्...

नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

ब्रेकिङ न्युज २, समाचार
अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो । रासस...

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदाः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातिय समुदाय तथा संस्कृतिको विविधता रहेको बताउनुभएको छ । नेपाली संस्कृति संरक्षण तथा प्रवद्र्धन हेतु ललितपुर रत्न तथा आभुषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीन दिने कार्यक्रम ‘पाटन हेरीटेज जेम एण्ड ज्युलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उहाँले सास्कृतिक विविधता झल्काउने नेपालको परम्परागत भेषभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभयो ।‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुनगइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैमा गर्वको विषय भएको भन्त्री भण्डारीको भनाइ थियो । “ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश म...

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

कृषि, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, ११ असोजः कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गर्नुभयो । गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँग...

माआबादी पराजुलीको नेतृत्वमा मोर्चाको गठन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा माओबादीका जिल्ला संयोजक गोबन्दि पराजुलीको संयोजकत्वमा सिन्धुपाल्चोकमा समाजवादी मोर्चा नेपाल सिन्धुपाल्चोक गठन भएको छ । नेकपा माअ‍ेबादी केन्द्रका केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच मोर्चाको घोषणा गर्नु भएको हो । नेपाल पत्रकार महासघको सभाहलमा मोर्चाको घोषणा गर्दे सापकोटाले सरकार बाहीर रहेका हरको मात्र होइन बिचारमा सहमत हुने र देसको बिकास चाहानेहरु जो कोही ठुला या साना दलहरु सबै एकै ठाँउमा बसेर लोकतान्त्रीक गणतन्त्रको संरक्षणमा लाग्न पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको पत्रकार महासघको सभाहलमा माओवादी केन्द्रका जिल्ला सयोजक गोविन्द पराजुलिको अध्यक्षता माओवादी केन्द्रका केन्द्रिय सदस्य चौतारा सागाचोकगढिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आथित्यता नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य भगवती नेपाल लगायत मोर्च...

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

ब्रेकिङ न्युज २, समाचार
आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो । बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको व...

त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

ब्रेकिङ न्युज २, समाचार
त्रिभुवन विश्वविद्यालय ९त्रिविवि०ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई०को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो । त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ । “विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दु...