जुगलको तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, नेपाल आर्मी, जिल्ला प्रहरी लगायतको टोली हेलिकप्टर मार्फत् पहिरोस्थल पुगेर विस्थापितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडित परिवारलाई प्रति परिवार २५ हजारको दरले एक लाख २५ हजार ,१३ बोरा चामल ,६५ केजि दाल ,तेल ,चिनि, नुनजस्ता उपभोग्य सामाग्री वितरण गरिएको छ भने तत्कालीन गाँस र बास गर्न सहज बनाउन ब्याल्केट ,बाल्टिन जस्ता सामान दिइएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले शनिबार ’माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेगागाउँको नौ घरमध्ये तिन घरको नामोनिसान मेटाएको थियो । दुई घरमा आशिंक क्षति पुगेको छ । घरसहित पहिरोमा सर्वस्व गुमा...
