सम्पर्क

समाचार

सुनुवार सेवा समाज शाखा कतारले “१४ स्थापना दिवस“भब्य रुपमा मनायो 

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक/ दोहा,कतार “पहिचान र समानताका लागि प्रतिबद्धता“ भन्ने मुल नाराका साथ सुनुवार सेवा समाज शाखा कतारले “१४ औ स्थापना दिवस“ भब्य रुपमा मनाएको छ । सुनुवार सेवा समाज कतारका अध्यक्ष शुभराज सुनुवारको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि एन मगरको प्रमुख आतिथ्यतामा वेलफेयर रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस सगैं शुभकामना आदान–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०२४ भब्य रुपमा मनाएको हो । बिधिगत रुपमा ब्यानर अनावरण दिप प्रज्वलन सहित स्थापना दिवसको अवसरमा केक काटेर समुद्धाट्न गरिएको कार्यक्रममा किराती गित वाचन गर्दै सुनुवारहरुको संस्कार अनुसार कार्यक्रमका सभापती,प्रमुख अतिथी,विशिष्ट अतिथीहरुलाई किराँती सम्मान फेटा लगाएर सम्मान गर्दै कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा मौलिक झाक्री नाच प्रस्तुति सगै स्थानीय कलाकारहरुको एकल नृत्य,गायन तथा अन्...

सुनसरीका तीन विद्यालयलाई सद्भाव युवा समुह कतारको शैक्षिक सामग्री सहयोग

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखा हरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सदंभाव, मानव सेवा, तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले कतारमा सनः २००८ मा स्थापना भएको सदंभाव युवा समुह कतारले सुनसरी जिल्लामा तिन बिधालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालको संयुक्त आयोजनामा सुनसरी बराहा नगरपालिका वडा नं. ९ स्थित श्री हुल्कु आधारभूत प्राथमिक बिधालयमा ५० जना विद्यार्थीहरु, श्री जङगा (बहुभाषिक) आधारभूत बिधालयमा ४७ र श्री जलपा आधारभूत बिधालयमा ४५ गरी जम्मा १४२ जना अध्ययनरत विद्यार्थीहरुलाई सदभावं युवा समाज नेपालका पदाधिकारीहरु सगैं बराह नगरपालिकाका स्थानीय समाजसेवी एवं जनप्रतिनिधिको रोहबरमा झोला तथा शैक्षिक सामग्री सहयोग गरेको हो । समाजका अध्यक्ष बिजय गुरुङले लोकप्रियकर्मी सगंको सवांदमा सुनसर...

उद्योग दिबश को अबशरमा उद्योमीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
नेत्र बहादुर बस्नेत, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकले उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ दशौं उद्योग दिवस मनाएको छ । चौतारा होमस्टेमा भएको कार्यक्रममा नयाँ उद्योग दर्ता गर्ने उद्योगी लगाएतलाइ सम्मान गर्दे दिबश मनाएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने कार्यालय प्रमखु श्री त्रिपुरारी बख्रेलले गर्नुभएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयको तर्फबाट गत आ.व.२०८०÷८१ र चालु आ.व.को प्रथम चौमासिक प्रगति बारे जानकारी लिनु भएको थियो । उँहाका अनुसार जिल्लामा हालसम्म३७७४ उद्योग दर्ता र ३१८६ वाणिज्य दर्ता गरी कूल६८९० को संख्यामा उद्योग तथा वाणिज्य फर्महरु रहेको छ । कार्यक्रममा उल्लेखिय संख्यामा उद्यमी व्यवसायीहरुक...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, ९ मङ्सिरः ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए । ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनुभयो । अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद...

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ मङ्सिर : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो । प्रहरी ऐन–२०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैङ्गिक संवेदनशील, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधयेक स्वीकृतिका लागि...

‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’

ब्रेकिङ न्युज २, समाचार
 काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याउनुभयो । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थ...

राष्ट्रपति रनिङ शिल्ड इष्ट प्वाइन्ट एकेडेमीलाई

खेलकुद, समाचार, स्वास्थ्य
देबराज सुबेदी ,हेलम्बु गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष अप्सरा लम्साल लामिछानेको विशिष्ट आतिथ्यमा कार्यक्रममा भएको हेलम्बु गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगितामा (१२ स्वर्ण, ११ रजत र ९ कास्य) सहित इष्ट प्वाइन्ट एकेडेमी पहिलो भयो । (७ स्वर्ण, ८ रजत र १ कास्य) सहित इचोक माध्यमिक विद्यालय, हेलम्बु ६ दोस्रो र (५ स्वर्ण, ३ रजत र ५ कास्य) सहित मेलम्चीघ्याङ माध्यमिक विद्यालय, हेलम्बु १ तेस्रो भएको हेलम्बु गाउँपालिका शिक्षा शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो सामाजिक विकास समितिको संयोजक छिरिङ लामा ह्योल्मोको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान तामा...

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
चौतारा (सिन्धुपाल्चोक), ९ मङ्सिर : साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चा...
भ्रामक प्रचार नगर्न काँग्रेस सभापति लामाको अनुरोध

भ्रामक प्रचार नगर्न काँग्रेस सभापति लामाको अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले दोलखा जिल्लाको गौरीशंकर गाउपालिकामा हुने उपनिर्वाचनामा कसैसँग पनि गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । केहि व्यक्तिहरुले काँग्रेको जित निश्चित देखेपछि काँग्रेससँग आतिएर अन्तमा अरुलाई सहयोग गर्छ भन्ने खालको भ्रामक प्रचार गरिएको भन्ने सुन्नमा आएकोले आफ्नो ध्यानाकार्षण भएको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसको नेता स्व.श्यामसुन्दर तामाङको निधन पछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचनमा १५ वर्ष अगाडीदेखि निरन्तर नेपाली काँग्रेस दोलखा जिल्ला अधिबेशन प्रतिनिधि रहनु भएकी र हाल बागमती प्रदेश महिला बिभाग सदस्य स्वा. श्यामसुन्दर तामाङको धर्म पत्नी नेपाली काँग्रेसका नेतृ पासदिकी शेर्पा तामाङ श्रीमानले अधुरो छोडेको सम्पूर्ण कार्य सम्पन्न गर्न कम्मर कसेर उमेदवा बन्नु भएको छ वहाँलाई रुख चिन्हमा मतदान गरि विजय गराउनुहुन गौरीशंकर पालिकाको सम्पूर्ण मतदाता...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इनरुवा (सुनसरी), ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो । “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा...