सम्पर्क

समाचार

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयं...

एमाले परित्याग गरी दर्जनौँ काँग्रेस प्रवेश, बस्नेतद्वारा स्वागत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ बाह्रबिसे नगरपालिकामा दर्जनौँ एमालेका कार्यकर्ताहरू नेपाली काँग्रेस प्रवेश गरेको समाचार प्राप्त भएको छ । प्रबेशीहरुमा वडा नं. ९ राम्चे निवासी नारायण पौडेल २०५४ सालमा नेकपा एमालेको टिकटबाट वडा अध्यक्ष हुनुहुन्थ्यो । त्यसै गरी गएको स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका वडा नं. ९ जम्बु निवासी शान्त माया माझी नेकपा एमालेबाट वडा सदस्य प्रत्यासी हुनुहुन्थ्यो । उहाँ लगायत नेकपा एमाले परित्याग गरी बाह्रबिसे न।पा। वडा नं. ९ राम्चे का हिरा बहादुर तिमल्सिना रामकाजी पौडेल र बाह्रबिसे नगरपालिका वडा नं.  ८ जम्बु निवासी आइतमान माझी, संगिता माझी, विष्णु कुमारी अधिकारी माझी, सुकुमायाँ माझी, मंगल बहादुर माझी, सन्ते माझी र बाह्रबिसे नगरपालिका वडा नं. २ बाट संगिता कुइँकेल खड्का त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्कर हाल जम्बु निवासी रवि श्रेष्ठ नेपाली काँग्रेसमा प्...

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइ, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारीलगायतसित भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । चौथाइसँगको भेटका क्रममा उहाँले दुई देशबीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गर...

वडा कार्यालय भवन निर्माणमा असहमती जनाउँदै बुझायो ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय भवन निर्माण बारेमा भएको विबाद जिल्लासम्म पुगेको छ । मंगलबार संघर्ष समितीका संयोजक भुपेन्द्र बानियाँ, पूर्व वडाअध्यक्ष देव प्रसाद बानियाँ, पूर्व वडा सदस्य खगेन्द्र थापालागायतको टोलीले जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा भनिएको छ ‘प्रस्तुत विषयका सन्दर्भमा साविक कुन्चोक गा. वि.को कार्यालय खुतुमेडाँडा ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को अस्थायी कार्यालय तोकिएर कामकाज हुँदै गर्दा बहुसंख्यक नागरिकले अपायक महशुस गरेकै थिए । अघिल्लो वडा समितिले पायक पर्ने स्थानभनेर भन्ज्याङमा वडा कार्यालय बनाउनलाग्दात्यो पनि अपायक भएको भनी विवाद सृजना भयो । विडाको केन्द्र र कार्यालय भवन सम्बन्धी विवाद र असमझदारीले वडा समितिको अघिल्लो कार्यकालमा असन्तुष्ट नागरिक समुह अदालतसम्म पुगेको र अदालतको आदेश बमोजिम गर्दा तत्का...

स्याङ्जा सहयोग समाज कतारको अधिवेशन शुक्रबार हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार स्याङ्जा सहयोग समाज कतारले आगामी शुक्रबार अधिवेशन गर्ने भएको छ । “स्याङ्जा सहयोग समाजको चाहना, बिशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ समाजले नवौ अधिवेशन गर्ने भएको हो । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा नौमती पञ्चेबाजाको साथमा बिविध साँस्कृतिक कार्यक्रम हुने र अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव टेक गैर्हेले लोकप्रिय दैनिकलाई जानकारी दिनुभयो । प्रवासको बसाईमा समाज सुख दुखको चौतारी बन्न सक्ने बताउदै समाजका अध्यक्ष प्रकाश परियारले कतारलाई कर्म थलो बनाईरहेका स्याङ्जाबासीहरुलाई कार्यक्रममा उपस्थित भएर समाजमा आवद्ध हुन सबैलाई आग्रह समेत गरेका छन् । कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु, बिभिन्न प्रदेश,जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,स्याङ्जा सहयोग मातहतमा रहेका सम्पुर्ण ईकाईहरु,कलाकार,पत्रकार...

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ राष्ट्रिय मानवअधिकार आयोगले नीति, योजना, कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकता दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । डिसेम्बर ३ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रभावकारी कदम चाल्न र सङ्घ, प्रदेश तथा स्थानीय तहलाई सो आग्रह गरिएको छ । “अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा ऐन कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयन अपेक्षाकृत रूपमा हुन सकेको देखिँदैन”, विज्ञप्तिमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूलाई घर, परिवार र समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तनको आवश्यकता रहेको छ । आयोग...

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

ब्रेकिङ न्युज २, समाचार
छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गर्नुभयो । नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धी संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो । यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ । त्यस अवसरमा मन्त्री भण्डा...

‘नजरमा नजर लाग्ला नि-२’मा पल र खुशीको अनस्क्रिन रोमान्स

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ (नजरमा नजर लाग्ला नि-२) सार्वजनिक भएको छ । टेक विसी र सिर्मन परियारको स्वर, भीम विसीको म्युजिक, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र खुशी कार्कीलाई फिचरिङ गरिएको छ । प्रेम भाव व्यक्त गरिएको गीतको शब्द रचना जति उत्कृष्ट गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १८ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न÷गराउन सरकारले आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास...

नेपाल भूतपुर्व सैनिक संघ बाह्रबिसेमा गोपाल जिरेल

समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा गोपाल जिरेलको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितीको चयन भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति एबम् बाह्रबिसे नगरपालकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र नेपाल भुतपुर्ब सैनिक संघका केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष अतिथ्यतामा र नेपाली काँग्रेस नगर सभापती शम्भु तिमल्सिना तरुण दलका केन्द्रीय सदस्य नबिन श्रेष्ठ, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य हेमन्त श्रेष्ठ लगाएतको अतिथ्यतामा भएको भेलाले नेपाल भूतपूर्व सैनिक संघ बाह्रबिसे नगरपालिकाको प्रथम नगर अधिवेशन तथा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ भूतपूर्व सैनिक भेला सम्पन्न भएको हो । अधिबेशनले गोपाल जिरेललाई अध्यक्ष सचिब बिष्णु श्रेष्ठ ,कोषध्यक्ष गोकुल राउत,र सदस्यहरुमा जीत ब.पौडेल,रामशुन्दर राउत,बिष्णु बा. बस्नेत, प्रकाश बस्नेत, रण ब.भुजेल, मान ब. श्रेष्ठ , कुब...