स्ववियु र विब्यस चौतारामा एमाले कांग्रेसको सहकार्य
चौतारा बहुमुखी क्याम्पस चौतारामा चैत्र ५ गते हुने आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको छ । निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सुशील तामाङ स्ववियु सभापतिको साझा उमेद्वार बनाईएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको सदरमुकाम केन्द्रमा रहेको जिल्लाकै शैक्षिक धरोहरको रुपमा परिचित विद्यालय कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको (आज) शनिबार हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत दुई ठूला दल एमाले र कांग्रेसको सहकार्य भएको छ । विव्यसको निर्वाभनको लागि साझा उमेद्वार निमेष श्रेष्ठ तय गरिएको छ । विव्यसको चार सदस्यको लागि हुने निर्वाचनमा श्रेष्ठ सहित विन्दा पुरी, निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ नेकपा एमाले र नेपाली काग्रंसको तर्फबाट उमेद्वार बनाईएका हुन् ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष दीपक नेपाल र नेपाली कांग्रेस नगर सभापति ईन्...


