सुर्यमुखी साना किसान कृषि सहकारीको १९औं बार्षिक साधारणसभा सम्पन्न
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी नगरपालिकाले ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले किसानको लागी ५० प्रतिशत अनुदान दिने गरेको भन्दै स्वरोजगारका लागी यस्ता अनुदान महत्त्वपूर्ण बताउनुभयो । सहकारीलाई आवस्यक तालिम तथा विभिन्न सिपको विकासका लागी नगरपालिकाले सहयोग गरिरहेको प्रमुख तामाङले जिकिर गर्नुभयो । उहाँले सहकारी सम्बन्धि निति,ऐन,कानुन बनाउदा सहकारी अभियान्ता हरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका उपकार्यकारी निर्देशक डाक्टर रम...
