सम्पर्क

समाचार

पत्रकार महासंघ द्धारा सामाजिक सञ्जाल विधेयक स्वीकार नगर्ने , समचारमा चित्त नबुझे प्रेसकाउन्सिलमा उजुरी गर्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाण्डौ नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ।सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने महासंघको भनाइ रहेको छ।महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गरेर अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको उल्लेख गर्नु भएको छ।‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, ह...

नँयापानीमा १२बर्षपछीसुक्खा समयमा मुल फुट्यो आयो पानी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बर्षामा मुल मुल फुटेर हिउँदमा पानीको मुल सुकेको सबैलाइ थाहा छ तर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालिकामा हिउँद अर्थात सुक्खा समयमा मुल फुट्ने अर्थात पानी पलाउँने गरेकोले सबैमा दैबी शक्तीको प्रभाब भन्ने गरेका छन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ५ सिपा धुसिनी स्थित नयाँपानी धाममा १२ बर्ष पछी पानी पलाएको छ । परापुर्व कालदेखिनै हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने भए पछी दैबी शक्तीकोे अद्भुत बिशेषता रहेको पाइन्छ ।हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको बताइएको छ । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयो कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिको पहलमा क...

सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ गीत रिलिज (भिडियो सहित)

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियो सहित रिलिज भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारी मार्फत बुधबार बिहान ७ बजे रिलिज भएको हो । उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी भिडियो सहित रिलिज गरिएको हो ।देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो , सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली –२’युटुव च्यानल मार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडीयो सहितको राष्ट्रिय गीतले धेरैको मन जित...

साँगाचोकमा चार दिने अर्गानिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी वडा नं. १२ मा रहेको कमलको फूल महिला बहुउद्देश्य सहकारी संस्थाको आयोजना तथा टेवाको आर्थिक सहयोगमा महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकणको लागि दिगो कृषि कार्यक्रम अन्तर्गत अर्गानिक तरकारी खेती सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापाले एक समारोहका बिच तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुहुँदै तालिम समापन गर्नुभएको हो । माघ १३ गते देखी सुरु भएको तालिम ४ दिनसम्म भलेको थियो । तालिममा सहभागीहरुले कोमलको फुल महिला बहुउद्धेश्यिय सहकारी संस्थाले चार पदनसम्म तालिममा सहभागी गराएर स्थानीय स्तरमा गरिने तरकारी खेतीका लागी पाइने बिउ, स्थानीय स्तरमा पाइने सामाग्रीहरुबाट मल, किटनासक औषधी बनाउँन सिक्नुका साथै खेर गइरहेको जग्गालाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिने वातावरण तैयार भएको बताएका छन् । उक्त ...

मगरहरुको साँस्कृतिक (वाङ्ग) राजामा रमेश कनौजे मगर

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक नेपाल मगर संघ शाखा कतारले वाक्राको समुन्द्र विचमा एक आन्तरिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गर्दै यस बर्षको सांस्कृतिक (वाङ्ग) राजा चुनेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि संघले माघ्या सकराटी (मगर मिनाम ल्हेस) कार्यक्रमको अवसर पारेर संस्कार र संस्कृतिलाई जोगाई राख्न तथा आफ्नो परम्परालाई निरन्तरता दिदै संघले दौड प्रतियोगिता गरेर कतारको लागी मगरहरुको राजा चुनेको हो । यस बर्षको (वाङ्ग) राजामा पहिलो स्थान हासिल गर्न सफल पाल्पा जिल्लाका रमेश कनौजे मगर यस बर्षको राजा हुनुभएको छ भने दोस्रो स्थान हासिल सफल गर्न पाल्पा जिल्लाकै जनक थापा मगर रहनुभएको छ । दौड प्रतिस्पर्धा गरेर राजा चुनिने रोचक प्रतियोगितामा संघका प्रमुख सल्लाहकार विवेक पुलामि मगर,सल्लाहकार भिम तरामु मगर,जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर,रबिन मगर, लगायत संघमा आवद्ध रहेका अन्य मगर जवानहरू...

शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा कारबाही हुन्छः नगरप्रमुख सापकोटा

कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयका शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनु भएको छ । डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६५आंै बार्षीकोत्सव को उद्घाटन गर्दै उँहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा सिकाइका लागि जस्तोसुकै सहयोग गर्न पनि चौतारा साँगाचोकगढी नगरपालिका तैयार रहेको तर गुणस्तरीय शिक्षा सिकाइमा विद्यालय परिवार अझ बढी सक्रियताका साथ उत्कृष्ट नतिजा ल्याउन तैयारीका साथ लागी पर्न अनुरोध गर्नु भयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागी शिक्षक अभिभावक विद्यार्थी सबै लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले जनप्रतिनिधि हुनका लागी दलको नेता भएरै हुने हो तर जनप्रतिनिधि भएपछि सबैको साँझ भएर काम गर्नपर्छ भन्नु हुँदै आफू माओवादीको केन्द्रीय...

२३ जनाले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु गाउँपालिका वडा नं. २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । स्थानीय , कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।...

सोनाम ल्होसारका अवसरमा लिसंखुपाखरमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु लामाले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष लामाले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउनुभयो ।...

तरकारी फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न

कृषि, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा तरकारी, फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत बहादुर दंगालले कृषकहरूको निम्ति साथ र सहयोग गर्न हरपल तयार रहने बताउनुभयो । उहाँले जनताको हितका लागि आफ्नो ज्यान दिन पनि पछि नहट्ने कुरा बताउनु भयो । विद्यालयमा दिवा खाजाको रूपमा कृषकले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी तथा फलफूलहरू प्रयोगमा जोड दिने र समुदायमा रहेको बाँझो र खेतीयोग्य जमिनमा पनि तरकारी फलफूल उत्पादन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेत्रज्योति कृषि सहकारी संस्थाले यस्त...

पर्वत समाज कतारको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार पर्वत समाज कतारको आयोजनामा शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ । कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिति रहेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए । कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताउनु भएको थियो । उहाँले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताउनु भएको थियो । आपसी सद्भाव सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ सं...