जैशिदेवल युथ क्लबको आयोजनामा चैत्र २६ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको पाचौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा – २०८१ मा चौतारा साँगाचोकगढी नगरपालिकाका निभा श्रेष्ठले महिला २३ देखि २६ केजि र सचिन तामाङले पुरुष ३८ देखि ४२ केजि तौलमा कास्य पदक जित्न सफल भएको जानकारी कोच मेनुका श्रेष्ठले जानकारी दिएको छ । द्वय खेलाडी हिराहारी तेक्वान्दो डोजाङ्गका उत्पादन हुन । चौतारा साँगाचोकगढीको टिम ब्यबस्थापकमा नगर खेलकुद प्रशिक्षक रमेश गुरुङ रहेको थियो ।