सम्पर्क

समाचार

२३ जनाले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु गाउँपालिका वडा नं. २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । स्थानीय , कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।...

सोनाम ल्होसारका अवसरमा लिसंखुपाखरमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु लामाले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष लामाले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउनुभयो ।...

तरकारी फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न

कृषि, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा तरकारी, फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत बहादुर दंगालले कृषकहरूको निम्ति साथ र सहयोग गर्न हरपल तयार रहने बताउनुभयो । उहाँले जनताको हितका लागि आफ्नो ज्यान दिन पनि पछि नहट्ने कुरा बताउनु भयो । विद्यालयमा दिवा खाजाको रूपमा कृषकले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी तथा फलफूलहरू प्रयोगमा जोड दिने र समुदायमा रहेको बाँझो र खेतीयोग्य जमिनमा पनि तरकारी फलफूल उत्पादन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेत्रज्योति कृषि सहकारी संस्थाले यस्त...

पर्वत समाज कतारको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार पर्वत समाज कतारको आयोजनामा शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ । कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिति रहेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए । कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताउनु भएको थियो । उहाँले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताउनु भएको थियो । आपसी सद्भाव सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ सं...

तमु गुरुङ समाज कतारले ग¥यो चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक, कतार तमू (गुरुङ)समाज कतारको आयोजनामा आयोजित “चेलीबेटी भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तमुहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ समाजले प्रवासमा रहेका गुरुङ तथा गैर गुरुङ चेलीहरु सगं शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भेटघाट गर्दै चेली माईतीहरुको सम्बन्धलाई माया सद्भाव तथा दाजु बहिनीहरुको पबित्र सम्बन्धलाई आजिवन दिगो राख्न समाजले हरेक बर्ष हरेक बर्ष बिशेष धुमधामका साथ मनाउदै आईरहेको “माँङी त्हें“ पर्वको साथमा चेली माईती भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विधिवत् उद्घंघाटन सहित दिप प्रज्वलन,ब्यानर अनावरण गरेर् अघि बढेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तेज गु...

भोटेकोशीमा एमाले हाक्ने जिम्मेवारी सुन्तलीलाई

ब्रेकिङ न्युज २, राजनिती, समाचार
विदुर आचार्य नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा पूmर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित कार्यसमिति सर्वसम्वत निर्वाचित भएको हो । भोटेकोशी गाउँपालिका कमिटीले महिला नेतृत्व निर्वाचित गराएसँगै एमाले सिन्धुपाल्चोकको स्थानीय पार्टी कमिटीको नेतृत्वमा महिला नेतृत्व स्थापित भएको छ ।  पालिका कमिटी अध्यक्ष अमृत खड्काको अध्यक्षतामा भएको भब्य समारोहको बीच भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शरेश नेपाल, पोलिटब्युरो सदस्य अरुण नेपाल, प्रदेश ...
कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम

कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १०का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएकने हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रा पालन गर्ने तरिका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा कृषकहरूलाई तरकारी खेती, खाद्यान्न उत्पादन र बाख्रा, भैसि पालन गर्नका लागि कृषि विकास बैकबाट सरल कर्जा दिने व्यवस्था भएको कृषि विकास बैकका चौतारा शाखाका प्रबन्धक सर्जना महर्जनले जानकारी दिनुभयो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती ग...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न 

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा विजय श्रेष्ठ र निभा श्रेष्ठ उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि सुसन खत्री र सुनिधी कक्षपति रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । दोस्रो डान कालो पेटीको कोरियन प्रमाणपत्र पनि वितरण गरिएको थियो । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।...

नेपाल भूतपूर्व सैनिक संघ सिन्धुपाल्चोकमा कुल बहादुर राउत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल भूतपूर्व सैनिक सङ्घ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनले कुल बहादुर राउतलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । बिपी अध्ययन केन्द्र चौतारामा सम्पन्न अधिवेशनले विधान बमोजिम सचिवमा ज्ञानेन्द्र सिग्देल, कोषाध्यक्षमा जल प्रसाद लम्साल रहनु भएको छ । यसै गरी सदस्यहरूमा लालबहादुर थापा, विमला पोख्रेल, रमेश राउत कृष्ण अधिकारी, प्रकाश तामाङ, डिल्ली प्रसाद भटराइ, सुदर्शन काकी, कृष्ण तामाङ, खिल बहादुर तामाङ, गन बहादुर तामाङ, केदार चालिसे, श्रीध्वज लामा होम बहादुर कार्की , सागर तामाङ रहनु भएको १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत भएको हो । यसै गरी केन्द्रीय प्रतिनिधिमा मणीलोचन न्यौपाने भूपेन्द्र थापा, बोध विक्रम पण्डित, गोपाल जिरेल श्री ध्वज लामा सबै सम्मत हुनु भएको छ भने बागमती प्रदेश प्रतिनिधिमा बद्धी बहादुर तामाङ, शेर बहादुर तामाङ फरक बहादुर कार्की रमेश राउत, प्रकाश तामाङ र लिला बहादुर तामाङ रहनु भएक...

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु

#, खेलकुद, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
देबराज सुबेदी मेलम्ची ,  स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । मेलम्ची नगरपालिका र जालपादेवि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ(समिर)ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । स्वास्थ्य र राष्ट्रको लागी खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले देशको नाम उच्च राख्नको लागी खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद तामाङले खेलक्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताउनुभयो । उहाँले खेलकुद मैदान निर्माणका लागी र खेल क्षेत्रको विकासको लागी आफुले सधैं सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तह,प्रदेश र संघ सरकार संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।कार्...