नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा. के. हरिकृष्णनले हस्ताक्षर गर्नु भएको छ । सहायक प्राचार्य के.सी.ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताउनु भयो ।‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरु...

