केएमसी अस्पातलमा १०को निशुल्क उपचार
खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ र केएमसी अस्पताल बिच १०जनालाइ निशुल्क र थप अरुलाइ ५० प्रतिशत छुटमा उपचार गर्ने गरी दइ पक्ष बिच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका बडा नंंः १४ र केएमसी अस्पताल बिच नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सम्झौता भएको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार दुइ पक्ष बिच शुक्रबार भएको सम्झौतामा चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ भित्र बसोबास गर्ने स्थानीय नागरिकहरूले केएमसी अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई चौतारा स...









