सम्पर्क

विचार

कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बिमल बिष्ट इटहरी (सुनसरी), ३ साउन : संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनु भएको छ । आज यहाँ स्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष हो ।” यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रय...
ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड

ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
गिता अधिकारीकाठमाडौं । नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने हुनुभएको छ । उहाँ ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बन्नुभएको हो ।सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौंहुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । उहाँ केवल गायक मात्र होइनन्, संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रसमेत हुनुहुन्छ । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उहाँले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थाल्नुभएको छ ।संस्थाका तर्फबाट व्यवस्थापक  रोजन रिसाल  ले भन्नुभयो, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत...
कतारमा   पत्रकार पौडेल सम्मानित 

कतारमा पत्रकार पौडेल सम्मानित 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
दर्शन सुनार/ कतार बिगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउदै पत्रकारितामा सक्रिय रहनु भएका म्यादीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित हुनु भएको छ । शुक्रबार नवोदित साहित्यिक वाचनालयको "१७ औ अधिवेशनमा पत्रकार पौडेल सम्मानित भएका हुनु भएको हो ।नवोदित साहित्यिक वाचनालय कतारले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई फोटो ग्राफर तथा सञ्चारको माध्यमबाट अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो । लोक प्रियकर्मी सगं सवांद गर्दै पौडेलले आफुलाई सम्मान गर्ने संस्थाका सम्पुर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप उर्जावान र हौसला मिलेको बताउनु भयो । बिगत एक दशक देखि पत्रकारितामा सक्रिय पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रुपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत...

अन्तर्वार्ताः न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता

अन्तर्वाता, जिबनशैली, विचार, समाचार
काठमाडौँ, २ साउनः सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो । सरकारलाई कानुनी राय दिने र सरकारवादी मुद्दाको अभियोजन गर्ने महान्यायाधिवक्ताको मुख्य काम हो । प्रस्तुत छ, दोस्रो कार्यकालका रुपमा नियुक्ति हुनुभएका महान्यायाधिवक्ता रमेश बडालले एक वर्षमा गरेका कामका विषयमा रासस समाचारदाता कालिका खड्काले गरेको कुराकानी ः तपाईंको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । यस अवधिमा तपाईंको प्रमुख उपलब्धि केलाई मान्नुहुन्छ ? पहिलो कार्यकाल राजनीतिक अस्थिरता र कोरोनाको महामारीका कारण बन्दाबन्दी थियो । २०७७ चैतमा नियुक्ति भएर असारमा नै सकिएको थियो । करिब तीन महिना मात्रै काम गर्न मौका मिल्यो । छोटो अवधिमा दुई महत्वपूर्ण काम भएको थियो । महान्यायाधिवक्ता कार्यालयको तेस्रो रणनीतिक योजना बनेको थियो । त्यो आज...
डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाका लागि ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसहिता’सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजन क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे)ले गरेको उक्त कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३२ महिला पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले पत्रकार आचारसंहिताको विषयमा विस्तृत जानकारी दिनुभयो । त्यस्तै, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पत्रकार महिलाको जिज्ञासा मेटाउँदै काउन्सिल पत्रकारको सहयोगी संस्था रहेको र यसले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन सहजीकरण गर्ने बताउनुभयो । त्यस्तैगरी काउन्सिलको पूर्वसदस्य एवं ...
न्यूनतम ज्याला ‘कागजी न्याय’ मात्रै ः नैनसिंह महर

न्यूनतम ज्याला ‘कागजी न्याय’ मात्रै ः नैनसिंह महर

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  काठमाडौँ, २ साउन – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै यसले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल पुर्न नसक्ने बताउँनु भएको छ । उँहाले ज्याला निर्धारणको वैज्ञानिक आधारलाई लत्याएर केवल अंक बढाउने तदर्थवादी शैलीले श्रमिकलाई तात्त्विक राहत दिन नसक्ने बताउँनु भयो ।प्राज्ञिक विमर्श समुहले आज काठमाडौंमा आयोजना गरेको ‘विपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै नेता महरले सरकार, रोजगारदाता र केही ट्रेड युनियनबीचको सहमतिमा तोकिएको नयाँ ज्यालामाथि गम्भीर प्रश्न उठाउँनु भएको हो’साउन १ गतेदेखि लागू भएको १९,५५० रुपैयाँको नयाँ ज्याला सामान्य रुपमा थोरै अग्रगामी देखिए पनि यो श्रमिकको पसिनाको उचित मूल्य होइन भन्नु हुँदै महँगीले उसको आँखामा ...
साउन महिना  विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह

साउन महिना विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, साहित्य, स्वास्थ्य
दिनेश भण्डारी सिन्धुपाल्चोक साउन महिना सुरु भएसँगै नेपाली समाज विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह र भक्तिभाव झल्किन्छ। हरियालीको यो महिना जहाँ प्रकृति आफूलाई सिंगार्दै लचिलोपनका साथ ढल्किन्छ, त्यही ढंगले महिलाहरूको नाडीमा हरियो चुरा झन् चम्किलो देखिन्छ, कपडाको रंगमा न्यानोपन आउँछ र हत्केलामा मेहन्दीको गन्ध बासिन्छ। अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाउँछ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ। यो दृश्यले हाम्रो संस्कृतिको गहिराइ मात्र होइन, नारीहरूको धार्मिक आस्था र सांस्कृतिक सौन्दर्यलाई पनि उजागर गर्छ। साउनमा मेहन्दी, चुरा, साडी र व्रतको चलन केवल परम्परा पालना मात्रै होइन, जीवनशैलीमै र...
साझा संस्था स्याङ्जाको कतारमा “बृहत् रक्तदान“ कार्यक्रम हुँदै

साझा संस्था स्याङ्जाको कतारमा “बृहत् रक्तदान“ कार्यक्रम हुँदै

विचार, समाचार, स्वास्थ्य
  दर्शन सुनार लोकप्रिय समाचार राष्ट्र्यि दैनिक कतार कतारमा रहेका स्याङ्जा बासीहरूको साझा संस्था स्याङ्जा सहयोग समाज कतारले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा र समाजको मातहतमा रहेका विभिन्न इकाईहरूको सह आयोजनामा हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो“रक्तदान गरौँ,मानवीय तथा परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कतारमा स्थापित विभिन्न सम्पूर्ण नेपाली सङ्घ–संस्था,तथा कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त मानवीय कार्यमा शरिक भएर रक्तदान गरिदिन समाजका अध्यक्ष घनश्याम जैसीले आग्रह गर्नु भएको छ ।शुक्रवार बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने कार्य तालिका रहेको छ ।कार्यक्रममा सादर सहभागिताको लागी स्याङ्जा सहयोग समाज कतारले अनुरोध समेत गरेको छ ।...
बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक मा बाढीपहीरो रोकथामको लागी सबै मिलेर लाग्न पर्ने त्यसका लागी बर्षामा हुने पहीरो स्थाइ रुपले रोकथाम गर्नका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकारवालाहरुले बताएका छन । बाह्रबिसे देखि कोदारीसम्मको सडकमा बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । नेपाली काँगेसका केन्द्रिय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतले बिपत हल्ला गरेर आउँदैन तर बिगतका अनुभबका आधारमा पनी बिपत आउँन सक्ने सम्भाबीत स्थानहरुमा समयमा नै रोकथाम तिर लाग्न पर्ने बताउँनु हुँदै यसका लागी आफु रातोदिन खटेको र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत लागाएत त्रिपुरा सुन्दरी, र भोटेकोशी गाँउपालिकाहरुले यस क्षेत्रमा हुन सक्ने घटनालाइ नजीक बाट हेरेको बताउँनु भयो । बुधबार जिल्ला समन्वय समि...
समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा ‘समाधान पत्रकारिता (सोलुसन जर्नालिज्म)सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा मंगलबार एक कार्यक्रमबिच समाधान पत्रकारितासम्बन्धी आधारभूत कार्यशाला सम्पन्न भएको हो । सोलुसन जर्नालिज्म नेटवर्कका मान्यता प्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्नुभएको थियो । सो क्रममा उहाँले समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा भएका अभ्यासबारे चर्चा गर्नुभएको थियो । कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । उक्त कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताका संरक्षण गर्दै समाधान पत्रक...