सम्पर्क

विचार

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनम...

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक, ३१ असार : याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रे...

क्रीकेट प्रशिक्षक प्रशिक्षण ललितपुर हातिबन मासम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
अजय धिताल ,सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल शिक्षक(कोच)हरुको दुई दिने विद्यालय क्रीकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ ललितपुर हातिबन मा  सम्पन्न भएको छ।सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघले ग्रस रुट क्रीकेट बिकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालय बाट नै क्रीकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएकोहुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रीकेट संघका सचिब अजय कु.धितालले आफ्नो भनाइमा व्यक्त गर्नुभएको थियोे ।समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री माननीय युवराज दुलाल शरद ले सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रीकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पह...

मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा (सिन्धुपाल्चोक), ३० असार : सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आ...

बाढीपहिरामा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २८ असारः अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी एक सय तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बाग...

कोराबाटै नागरिकको सेवा दिदै जुगलका बिक

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको जुगल गाँउपालिकाका का प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर बिक अहीले उँहाकै पिता स्व बुद्धवीर विकको निधन भए पछी कोरामा बसेरै भए पनी कार्यलयको काम गरिरहनु भएको छ । २०८१असार १४ बाबू बुद्धवीर विकको मृत्यु भएपछि किरिया बस्नु भएका अधिकृत लोकबहादुरले आर्थिक वर्षको अन्त्यमा जनताको काम नरोकियोस् भनी कोरा भित्रैबाट सेवा दिनु भएको हो । २४गते सोमबार राती १२ बजे बाट भुक्तानी बन्द हुन्छ गाँउपालिकाका धेरै कामहरुको भुक्तानी दिन बाँकी छ नागरिकको हरेक समस्या हुन्छ त्यो समस्या समाधान गर्नु पनी दाइत्व भएको भन्दै बिकले सेवा दिनु भएको हो । असार मसान्तसम्ममा सबै कार्यक्रम सम्पन्न गरि भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले अहिले तिनवटै तहका सरकारलाई अन्तिम भुक्तानी दिन भ्याइनभ्याई छ । यस्तो भ्याइनभ्याई हुने समयमा पालीकाको प्रमुख प्रशासकीय अधिकृत नै किरिया बस्नुपर्ने भएपछि जुगलबासी कामको भुक्तानी...

नागरिकको समस्यामा साथी बन्न सके मात्र मानवीय धर्म हुन्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले हरेक नागरिकको समस्यामा साथि बन्न सके मात्र मानवीय धर्म हुने बताउँनु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका चनौटे स्थित मेलम्ची, हेलम्बु र पाँचपोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुललाई केही दिनको अविरल वर्षाले क्षति पु¥याएकोले आइतबार सोही ठाउँको अवलोकन तथा स्थानीयहरुसँग भेटघाटका क्रममा यस्तो बताउँनु भएको हो ।बस्नेतले आफु १ नं. क्षेत्र २ नं. क्षेत्र भन्दा पनि नागरिकको समस्यासँग जुध्न जहाँ पनि जाने तर आफुलाई निर्वाचनमा मत दिएर बिजय गराएको निर्वाचन क्षेत्रमा भने जुनसुकै समयमा पनि नागरिकको समस्या समाधानमा लागि पर्ने र बिकासका कामहरुमा पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो । उहाँले हेलम्बु, पाँचपोखरी, मेलम्चीको बिकासका मुहार फेर्दे गर्दा यस्ता प्रकृति बिपतिले समस्यामा पार्न थाले...

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २३ असार : मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् ...

पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, २३ असार : तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् । कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । तीन वर्षअघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताउनुभयो । पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १५ सय कृषक थिए । दोस्रो वर्षमा तीन हजार र तेस्रो वर्ष चार हजार पाँच सय कृषक पुगेका उहाँले बताउनुभयो । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त सङ्ख्यामा आईपीएम प्रविधिमा खेती ग...
सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी द्धारा जारी सुचनामा विगत केहि दिन देखि यस जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका लगायतका स्थानिय तहहरुमा भारी बर्षा भइ जोखिम बढाइरहेको व्यहोरा सबैमा अवगतनै छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाबाट समेत यि स्थानहरु बर्षाको कारणबाट उच्च जोखिममा रहेको कारण विद्युत प्रशारण लाइनको पोल तथा टावरहरु, संञ्चार खानेपानी सडक, निजि आवास तथा सरकारी भवनहरुमा प्रभाव परी धनजनको क्षति हुनसक्ने भएकोले सजग र सचेत रहनहुन सम्पुर्ण जिल्ला बासिहरुमा अनुरोध छ भनीएको छ ।  सुचनामा जोखिम हुन सक्ने स्थानहरुमा भोटेकोशी गाउँपालिकामा भोटेकोशी खोलाको बहाव ...