एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो बुद्व मुर्तीको भोटेनाम्लाङमा शिलान्यास
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नंम्बर – ७ , भोटेनाम्लाङमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाईको ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
५ करोडको लागतमा बन्ने उक्त मुर्तीको शिलान्यास पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । ढुङगामा छिनो र हम्मरले हानेर बुद्व मुर्तीको शिलान्यास गरिएको थियो ।
दुई बर्ष भित्रमा मुर्तीको निर्माणकार्य सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । मुर्ती निर्माण लगायत वरिपरिको संरचना निर्माणको लागि १० करोड लाग्ने छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यश मुर्ती निर्माणको जिम्मा लिएको छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र ...
