नेकपा एमाले अधिवेशन देशभर आज सिन्धुपाल्चोकको बाह्रबिसे मा हुने
नेकपा एमालेको आज देशभरका ७७ ओटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन उद्धघाटन हुने भएको छ । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ बजे भर्चुअल माध्यमबाट देशभरको अधिवेशन एकसाथ उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैविच नेकपा एमाले सिन्धुपाल्चोककोे नवौँ जिल्ला अधिवेशन आज बार्हविसेमा हुँदैछ । आज विहान ११ बजे उद्धघाटन सत्रमा नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोरा, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत एमाले नेताहरु सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभागले जानकारी दिएको छ ।
नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । यसपटक जिल्लाभरका १९ हजार सँगठित सदस्यअधिवेशनको प्रतिनिधी रहने समेत उहाँले जानकारी दिनुभयो । नेकपा एमालेको दशौँ महाधिवेशनको कार्यनिती अनुसार यो पटक सिन्धुपाल्चोक एमालेले सर्वसम्मत रुपमा न...
