चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको भनाई
तिब्बत स्वशासित क्षेत्रका नवनियुक्त अध्यक्ष यान चिनहाईले तिब्बतले विभिन्न कठिनाइका बाबजुद नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिइरहेको बताउनुभएको छ । दुई वर्षदेखि तिब्बती नाकामा अवरोध भइरहेको गुनासो आइरहेका बेला चिनहाईको यस्तो धारणा आएको हो ।
तिब्बतको अध्यक्ष पदमा नियुक्त भएपछि त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीसँगको भेटमा उहाँले नेपालसँग राम्रो सम्बन्ध बनाउने विषय उठाउनुभएको थियो । दक्षिण एसिया छिर्ने चीनको गेटवे भएकाले नेपालसँगको सम्बन्धमा चीनले सधैं नै उच्च प्राथमिकता दिँदै आएको बताउने गरेको छ ।
कोभिडबाहेक अन्य कुनै कारणले पनि नेपाल–चीन नाकामा आयातनिर्यातको काम प्रभावित नभएको नेपाली महावाणिज्यदूत नवराज ढकालले बताउनुभयो । ‘उचाइमा रहेको तिब्बतमा अक्सिजनको आपूर्ति एकदम कम हुन्छ । कोभिड छिरेमा स्वास्थ्य प्रणाली डामाडोल हुने भएकाले यस विषयमा चीन चिन्तित छ । त्यसैले नाकामा कडाइ...
