शुक्रबारदेखि माथिल्लो बलेफी ‘ए’ को संरचनाको परीक्षण गरिने
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएको हेर्न लागिएको हो ।
अहिले आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले जानकारी दिनुभयो । उहाँका अनुसार पानी भरेर संरचनाको अवस्था ठिक भए नभएको हेर्न करिब २ साताको समय लाग्नेछ ।
‘उपकरणहरूको आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए÷नभएको हेर्छौ,’ उहाँले भन्नुभयो, ‘संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ ।’ उहाँले सबै चरणको परीक्षण पूरा गरे विद्युत उत्पादन सुरु गर्न बढीमा १ महिना लाग्ने पनि बताउनुभयो ।
आयोजनाको स...
