सम्पर्क

अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी बाख्रा वितरण


चौतारा साँगाचोकगढी नगरपालिकामा अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी वाख्रा वितरण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर अपाँग समन्वय समितिको आयोजनामा एक कार्यक्रमका विच वडा नम्बर ४, ५ , ८, १० र १३ मा अपाँगता भएका ३६ जनालाई वाख्रा वितरण गरिएको नगर अपाँग समन्वय समितिको अध्यक्ष शुशिला श्रेष्ठले जानकारी दिनुभयो । अपाँगता भएकाहरुलाई आयआर्जनमा लागि आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । नगरपालिका भित्रका ५४ अपाँगता भएकाहरुलाई वाख्रा वितरण गर्ने लक्ष्य भएको र हालसम्म ४३ जनालाई वितरण गरिसकेको छ ।
बाख्रा वितरण ४ र ५ को वडा अध्यक्ष नरमान श्रेष्ठले ,वडा नम्बर ८ को वडा सचिव सिम्रन नेपालले , वडा नम्बर १३ मा वडा अध्यक्ष रामप्रसाद गौतमले र वडा नम्बर १० मा वडा सदस्य कृष्ण तामाङ गर्नुभएको थियो ।
वडा नम्बर १३ का वडाअध्यक्ष रामप्रसाद गौतमले किसानहरु समृद्धि भए मात्रा गाउँपालिका समृद्धि हुने भन्दै सबै वर्ग र क्षेत्रका किसानहरुलाई आयआर्जमा लाग्न आग्रह गर्दै स्थानीय सरकारले कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो ।