ज्यामिरे साना किसानको साधारणसभा जग्गादाना सम्मान र व्यवस्थापन हस्तान्तरण
पाण्डब अधिकारी
ज्यामिरे
मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो। सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो।
’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– नगर प्रमुख अर्यालले भन्नुभयो – ’नगण्य संख्यामा केही ...
