सम्पर्क

ब्रेकिङ न्युज १

सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा

ब्रेकिङ न्युज १, समाचार
नेपाली कााग्रेस सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा आउँनु भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा युवा नेता आइतमान तामाङ्गलाइ मेयर बनाउँने भए पछी दुबै सभापती हरु चुनावी मैदानमा आउँनुभएको हो । नेपाली कााग्रेस सिन्धुपाल्चोकका युवा नेता तामाङ्ग २ नं क्षेत्रको क्षेत्रीय सभापती समेत हुनुहुन्छ । यस अघी नेकपा एमालेले जितेको स्थान मेलम्ची मा २ नं क्षेत्रीय सभापती तामाङ्ग र बाह्र्बिसे नगरपालीकामा नेपाली कााग्रेसका १ न् क्षेत्रीय सभापती बालकृष्ण बस्नेत को नाम आए को छ । नेपाली कााग्रेसको दुबै क्षेत्रका क्षेत्रीय सभापतीहरुले निर्बाचन जितेको खण्डमा दुइ महत्वपुर्ण नगरपालिकाको प्रतिनिधीत्व गर्ने अबशर पाउँने भएका छन । त्यसका साथै जिल्लाको सदरमुकाम रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा केशब गिरीलाइ मेयर बनाउँने का...

सिन्धुपाल्चोक एमालेको स्थानीय प्रमुख उपप्रमुख चयन तामाङ्गद्धारा निर्बाचनमा लाग्न अपिल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोकले १२वटै स्थानीय तहमा प्रमुख र उप प्रमुखको नाम चयन गरेको छ । खाश गरि नेकपा एमालेका नेताहरुले पनी आफ्नो पुर्बवत स्थान सुरक्षित गर्दै जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीका आफ्नो कब्जामा लिने बताएको छ । चौतारा साँगाचोकगढीमा नेपाली काँग्रेस ले पनी यस पटक आफ्नो कब्जामा लिने बताइरहँदा नेकपा माओबादी बाट पुर्ब मेयर अमान सिंह चुनावी प्रतिस्पर्धामा आउँनु भएको छ । नेकपा एमालेको स्थानीय तहको नाम छनौट गर्दै गर्दा असन्तुष्ट जानाउदै पाटी छोड्ने नेताहरु पनी त्यतीकै रहेका छन । नेकपा एमाले बाट निर्बाचित बलेफी गाँउपालकिाका अध्यक्ष केदार क्षेत्री यस अघी नै काँग्रेस प्रबेश गरि सकेका छन भने त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ले पनी पाटी त्यागेको समाचार आएको छ । यो सँगै उँहा निकट ब्यक्तीहरु पनी काँग्रेस प्रबेस गर्न छलफल चलाइरहेको बुझिन आ...

मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी

ब्रेकिङ न्युज १, समाचार
मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौं महानगरपालिकामा जम्मा ८६०, बिराटनगर महानगरपालिकामा ७०३ र वीरगंज महानगरपालिकामा ११२५ जनाको मनोनयनपत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्यधीक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकेको निर्बाचन आयोगले जनाएको छ । आयोगद्धारा शनीबार जारी बिज्ञेप्ती मा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गि...

सुनकोसीमा अध्यक्षमा रुपकाजी

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । गाउँपालिकाको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो । त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् । मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी हुनु भएको थियो । सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ ।      ...

१८ वर्ष पछि फरार अपराधि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना ५ दिनको कैद सजाय पाएर फरार एकजनालाई १८ वर्ष पछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ बस्ने ५३ वर्षका मोहनराज गिरीलाई १८ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला अदालत दाखिला गरिएकोमा सम्मानित अदालतले गिरीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारामा चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
भीरबाट लडेर सिन्धुपाल्चोकमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । प्रशिक्षण कार्य सम्पन्न भए पश्चात आफ्नो घर तर्फ फर्कने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका–०७ मेलचौरका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ बस्ने ४० बर्षिय दुर्गा सिं बस्नेतको पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर बिहिबार मृत्यु भएको हो । अन्दाजी ४० मिटर तल मृतक बस्नेतको लास भेटिएको थियो । मृतक म्यादी प्रहरी बस्नेतकोे शव जिल्ला अस्पताल सिन्धुपाल्चोकमा पोष्टमार्टम गरि उहाँकोे शवलाई परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।...

चुनावका बेला फेक न्यूजको कारखानै खुल्न सक्छ, सचेत हुनुहोस् ः अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उहाँको सुझाव थियो । निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा मङ्गलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताउनुभयो ।‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं,’– बस्नेतले सञ्चारकर्मीहरुला...

मेलम्चीको पानी पुग्यो सुन्दरीजलमा

ब्रेकिङ न्युज १, समाचार
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिनुभयो । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो । गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताउनुभयो । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गर...

स्थानीय निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।उक्त निर्वाचनमा नेकपा ९एमाले०लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा ९माओवादी केन्द्र०लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई नौ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो ।विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ ।त्यस्ता राजनीतिक दलक...

सुनकोशी नदिमा डुबेर मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सुनकोशी नदीमा पौडी खेल्न गएका एकको नदिमा डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी न.पा. वडा नं. ९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशी नदीमा पौडी खेल्न गएका २२ बर्षे रन्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेको समयमा दोलखा शैलुङ गाँउपालिका वडा नं.७ मन्जित बस्ने शिवहरी श्रेष्ठको छोरा २२ बर्षका रन्जन श्रेष्ठ डुबि बेपत्ता भएका थियो । ५ बजेको समयमा डुबेकै स्थानबाट निजको मृत लास फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । यसैबिच शनिबार ७ बजेको समयमा मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट भदौरे बस्ने ३९ बर्षका श्याम मिजारले धारिलो हतियार प्रयोग गरि आफ्नै घाँटी काटेका छन् । मिजारलाई हंसियाको प्रयोग गरि आफ्नै घाँटी काटी छट्पटाई रहेको अबस्था...