सम्पर्क

विचित्र संसार

जेन–जीको प्रदर्शनमा भएको घटना प्रती महासंघद्धारा भत्र्सना

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ — जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । नेपाल पत्रकार महासघंका महासचिब राम प्रसाद दाहाल द्धारा जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनएिको छ । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते हुनु भएका हो । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको ...

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

जिबनशैली, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
रमेश कुमार बोहोरा सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदान जस्ता धार्मिक कर्महरू गरिन्छन् । यसै अवधिलाई पितृ पक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्र श्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दू मान्यताअनुसार पितृ पक्षमा गरिएका श्रद्धा र कर्महरूले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ ।शास्त्रीय व्याख्याअनुसार श्राद्ध भन्नाले श्रद्धापूर्वक गरिएको धार्म...

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

मेलम्ची–७ दुवाचौरमा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
 मेलम्ची नगरपालिका–७ दुवाचौरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन्। राप्रपाको विधानअनुसार गोपाल श्रेष्ठ समेत निर्विरोध निर्वाचित भई प्रमाणपत्र ग्रहण गर्नुभएको केन्द्रिय सदस्य उदय सापकोटाले बताउनुभयो । निर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, गोपाल श्रेष्ठ, प्रदेश सांसद एवम क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, जिल्ला निर्वाचन समितिका संयोजक धुर्बकुमार थापा,मेलम्ची अध्यक्ष रामशरण महरा , इन्द्रवतीका युवा नेता गणेश खड्कालगायतले शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको बताइएको छ। उपस्थित नेताहरुले यसलाई दुवाचौरको लागि आशा लाग्दो र उत्साहजनक कदमको रूपमा लिएका छन्।...

चौताराका होटल र खाजाघरमा अनुगमन, धेरैमा विना लाइसेन्स मदिरा बिक्री

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा होटल र खाजाघरमा अनुगमन गरिएको छ । अनुगमनमा प्राय होटलहरुमा अनुमती बिना मदिरा बिक्री गरेको भान्छा कोठामा सरसफाइमा ध्यान नदीएको पाइएको थियो । दशैं–तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले १९ वटा होटल र खाजाघरमा गरेको अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो ।जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा धेरै होटल तथा खाजाघरले नियमविपरीत मदिरा बिक्री गरिरहेका पाइएको थियो ।उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले अन...

स्थानीय सरकारसँग जनताको अपेक्षा

राजनिती, विचार, विचित्र संसार
प्रेमचन्द्र झा नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणालीः संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तहलाई “सरकार“ को रुपमा परिभाषा गरेको छ, जुन विगतको “स्थानीय निकाय“ सँगको संरचनागत भिन्नता मात्र होइन, जिम्मेवारी र अधिकारको दृष्टिकोणले पनि एक क्रान्तिकारी परिवर्तन हो। नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सरकारको रुपमा स्पष्ट रुपमा परिभाषित गरेको छ। यसअघि स्थानीय निकायका रुपमा रहेका नगरपालिकाहरू, गाउँ विकास समिति (गाविस) हरूलाई नयाँ संरचनागत आधारमा स्थानीय सरकारको रुपमा पुनर्गठित गरिएको हो। संविधानको अनुसूची ८ ले स्थानीय तहका एकल अधिकारहरू तोकेको छ भने अनुसूची ९ ले संघ, प्रदेश र स्थानीय तहबीच साझा अधिकारहरू निर्धारण गरेको छ...

कतारमा भव्य रूपमा मनाइयो रमाईलो  तिज,टीका र रेजिनाले मच्चाए धमका

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
दर्शन सुनुवार लोकप्रिय समाचार राष्टिय दैनिक कतार ,नेपाली महिला समाज कतारको आयोजनामा आयोजित "रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५" कार्यक्रम भव्य रूपमा मनाइएको छ ।नेपाली महिला समाज कतारले आयोजना गरेको "रमाइलो तिज" कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेकादोहोरी गायिका टीका पुन र रेजिना परियारले धमका मच्चाएका छन् ।शुक्रवार मुन्ताजा स्थित होटेल होलिडे भिल्लाको म्याजेस्टिक सभा हलमा करिब एक हजार दर्शक उपस्थिति रहेको सचेतना तथा विविध सास्कृतिक कार्यक्रममा कलाकार द्वयले आफ्नो प्रस्तुति दिँदै धमका मच्याउदै उपस्थित  दर्शकहरूलाई भरपूर्ण नचाए .कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेकीनेपालबाट आमन्त्रित अतिथि कलाकार रेजिना परियार कार्यक्रमको उतार्धमा स्टेज चढिन  उनले कर्मैले परदेश पुरायो,यतिको भएसी चल्छ नेपालमा,भुल परे दाइ म त,नाच ओई बाटुली,परे म त छक्कै जस्ता आधा दर्...

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
रमेश कुमार बोहोरा हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्यात्मले ‘नयाँ चक्रको सुरु...

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, साहित्य
-क्षितिज विक्रम खनाल मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरु र साक्षात् देवताको रूपमा पूजा गरिन्छ। पिताको अतुलनीय महत्त्वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृ ऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरूको व्यवस्था गरिएको छ। तीमध्ये कुशे औंसी, जसलाई गोकर्ण औंसी वा पितृ औंसी पनि भनिन्छ, अतः यो एक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ। कुशे औंसीलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण पर्वका रूपमा हेरिन्छ। सनातन धर्मका मूल ग्रन्थहरू, जस...

महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
नवलपुर । नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । साथै शिव र पार्वती जस्तो बन्ने नभई असल भन्ने सोचेर अघि बढ्न सबै महिला दिदीबहिनीहरूमा आग्रह गर्नुभयो । साथै उहाँले महिलाहरूले जन्मिने बित्तिकै देखि पुरुष सरह नै अधिकार लिएर जन्मिएको हुने बताउँदै आफ्नो कर्तव्य पूरा गर्न पनि पछि पर्न नहुने धारणा राख्नुभयो । महिलाको अधिकार संविधान तह सुनिश्चित भएको बताउँदै कसैले कटौती गर्न नसक्ने बताउनुभयो ।  महिलाले पनि अवसर पाए हरेक क्षेत्रमा गरेर देखाएको बताउँदै महिलाले नेतृत्व गरेका स्थानीय तह...