तातोपानी नाकामा उच्च सतर्कता
नेपालमा कोरोना भाइरसको सँक्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।
कोरोना सँक्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । कोरोना भाइरस सँक्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो ।
खासाबाट मितेरी पुलको बीच भागसम्म ...
