सम्पर्क

काँग्रेस जिल्ला सभापति लामाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले ईन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासुँघका महासचिव वँशलाल तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
विश्वब्यापी महामारीको रुपमा चलिरहेको कोरमोना भाईरसको तेस्रो लहर ओम्रिकोन रोकथाम तथा नियन्त्रणको लागी आबश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जिल्ला सभापति लामाले जानकारी दिनुभयो । हस्तान्तरित स्वास्थ्य सामग्री ग्रहण गर्दै तामाङले महत्वपूर्ण समयमा महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।