
घनश्याम नेपाल
बाबा म संम्झि तिथि श्राद्ध छु गर्न खूशी
बैकुण्ड बास रहि देह हवोस मुर्ति ।
त्रायोदशी तिथि र कृष्ण परेछ पक्ष
मेरा यि पितृहरुको सव होस मोक्ष ।
छोरो भएर सब कर्म छ गर्नु मैले
मेरै छ भाइ संगंमा भई भक्ति ऐले ।
पानी समाइ भिमसेन छ पाति दिन्छृ
पारी छ जात फुलको अनि पिण्ड दिन्छु ।
चोखो गरेर भइ तित्य छ कर्म गर्नु
बोकेर भारि ऋणको अति नै छ तिर्नु ।
सन्तान एक हुन छाेिर नदेख्नु टाढा
उद्धारका पथ दुबै सुनका ति कांटा
भक्त्तालु भै सब छ कर्म गरोस जस्ले
त्यै हुन्छ उच्च स्तरको गुण कर्म छोए ।
