सम्पर्क

चोरी डाँका अभियोगमा पक्राउ परेका ४ अभियुक्त पुर्पक्षका लागि थुनामा

गत पौष १२ गते नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठको चौतारा पूरानो बजारस्थित घर फोडी चोरीडकैती गरेको अभियोगमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत सिन्धुपाल्चोकले आदेश जारी गरेको छ । अभियुक्तहरुले दिउँसोको समयमा नै नगद एक लाख र सुन चाँदीको गरगहना गरि झण्डै १३ लाख बढी चोरीडकैती गरेका थिए ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले डाँका चोरीको आरोपमा पक्राउ परेकी सुनकोशी गाउपालिका वडा न ६ कि २० बर्षिया कन्चन पराजुली, इन्द्रावती ९ का अनिल तामाङ, बुद्ध तामाङ, र इन्द्रावती १० का मनिष सुन्दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेस दिएको हो ।
चोरीडाँका गरि अभियुक्तहरुले ल्याएको सुनको स्वरुप परिबर्तन गर्ने मेलम्ची र बाहुनेपाटीका सुनचाँदी ब्यबसायी राजेश नगरकोटी र बिजेश श्रेष्ठलाई धरौटीमा रिहा गरिएको छ ।
घटना लगत्तै अनुसन्धानमा खटिएका सिन्धुपाल्चोक प्रहरीले दसीप्रमाणसहित ती चार अभियुक्तलाई १३ दिनमा नै पक्राउ गर्न सफल भएको थियो । घटनामा संलग्न इन्द्रावती गाउँपालिका, नवलपूरका डेबिड तामाङ र बुद्ध तामाङ अझै फरार रहेको प्रहरीले जनाएको छ ।