सिन्धुपाल्चोक सहीत ५२स्थानमाप्रहरी साहता कक्ष स्थपना
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मद्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएकोबागमती प्रहरीले जनाएको हो ।
बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । जस अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो । स्थापना भएका यात्रु तथ...
