कदमबासमा सबैदलबिच काँग्रेसकोचियापान
बिपना तामागं गोले.
विजया दशमी २०७९ उपलक्ष्यमा कदमबासमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपाली काँग्रेस कदमबासद्वारा शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम गरिएको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा कदमबासमा भएको विजय दशमी शुभ दीपावली तथा छठ पर्व र नेपालसंवत ११४३ को पावन अवसरमा आयोजित शुभ(कामना आदान(प्रदान तथा चियापान कार्यक्रम मा बिभिन्न सामाजिक ब्यक्तीहरुको उपस्थिती रहेकोथियो । नेपाली काँग्रेस वडा इकाइ समितिका उपसभापति सुकुमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूका साथै शिक्षक महासंघ सिन्धुपाल्चोकका सहसचिव ज्ञानबहादुर तामाङ ने. क.पा. एमालेका वागमति प्रदेश का सदस्य विदुर भारती, ने.क.पा माओवादी केन्द्रका नगर सचिवालय सदस्य एवम वडा नं. ९ का इन्चार्ज कृष्ण व....
