सम्पर्क

स्वास्थ्य

नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं.१० का वडा अध्यक्ष अमृत खनालको संयोजकत्वमा नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन गरिएको छ । समितिका पदाधिकारीहरुमा आयुष पण्डित अध्यक्ष, एन्जिल, बिकास परियार, उपाध्यक्ष ,रामकुमार तामाङ सचिव, निशान रावल कोषाध्यक्ष ,सुस्मिता सुनार सदस्य , चुजाङ आले मगर सदस्य, सजिना परियार सदस्य, प्रभाष दाहाल सदस्य र कृष्णकुमार माझी सदस्य लगायत समितिमा चयन गरिएको समितिका उपाध्यक्ष विकास परियारले जानकारी दिनुभयो । त अक्ष्यक्ष खनालले सम्पुर्ण समितिका टिमलाई ह बधाइ एवम् सफल कार्य कालको शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल सोतोकान कराते महासंघ सिन्धुपाल्चोका जिल्ला अध्यक्ष तोकबहादुर तामाङ र प्रमुख प्रशिक्षक तथा जिल्ला सचीव रेशम सुन्दासको उपस्थिति रहेको आयोजक शितला देवि डोजोले जनाएको छ ।...

तेक्वान्दो ग्रेडिङमा रेनुका र दिपक उत्कृष्ट घोषित

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको मङ्सिर ९ गते शनाीबार जुनियर ग्रेडिङ Belt Promotion Test सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ दिपक तामाङ र महिलातर्फ रेनुका उत्कृष्ट खेलाडी हुन सफल भएको छ। उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख श्री रमेश गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बागमती खेलकुद बिकास परिषदका सदस्य श्री निरन्जन थापा नगर प्रमुख अतिथि, सिनियर खेलाडीहरु सुदिप तामाङ , प्रदिप तामाङ , अन्जन पुरि, आयन श्रेष्ठ, बिजय तामाङ, अनमोल कार्की , निशान ढुंगाना, मनिष सापकोटा , राजन दुलाल, सोफिया श्रेष्ठ , साजन घले , लाक्पा तामाङ , रमेश श्रेष्ठ र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । प्रमुख अतिथिलाइ हिराहरि तेक्वान्दो डोजाङ्ग कार्यसमितिका सदस्य प्रकाश श्रेष्ठलाइ मायाको चिनो पनि प्रदान गरिएको थियो...

ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । उक्त मन्दीरको नगरपालिकाका प्रमुख आइतमान तामाङले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । बुधबार मेलम्ची, नगर उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानो गोल्मेश्वर महादेवको नवनिर्मित मन्दिरको समुद्घाटन गर्नु भएको हो ।मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक सहयोग गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर २ का नगेन्द्रप्रसाद खतिवडा र १० का अध्यक्ष अमृत खनाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै एकजुट भइ गाउँमै बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नगर ...

निःशुल्क महिला स्वास्थ्य शिविरबाट ४९१ जनाले लिए सेवा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
इन्द्रावती गाउपालिका – ८ ज्यामिरेमानेमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन भएको शिविरमा ४९१ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ९५ जनाको आङ खसेको पाइएको छ । ३० जनाको पाठेघरको सुरक्षाका लागि रिङ राखिएको छ । ३९० जनाले पाठेघरको चेकजाँज गरेकोमा १९ जनाको अप्रेसन गर्नुपर्ने भएको छ । यस्तै २५० जनाको पाठेघरको मुखमा खराबी देखिएको छ । अप्रेसन गर्नुपर्नेहरू १९ जनालाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अप्रेसन गरिने सिपापोखरे स्वास्थ्य चौकीका इन्चार्ज गौरीशंकर तामाङले जानकारी दिनुभयो । शिविरमा डाः रूपा कर्माचार्य, फिजिसियन डा ः एञ्जिला बस्नेत, रेडियोलोजिस्ट डा आशिष सिंह र स्त्री रोग विशेषज्ञ डाः सुष्मा प्रधान तथा इन्द्रावती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुको समुहले सेवा दिए...

स्व. राजा रानीको गौराती भीमेश्वर भिडीयो सार्वजनिक

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यह िशक्तीशाली मन्दीरमा पनी तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । अहीले पनी त्यस स्थानमा जाँदा राजा भएकै झल्को देखीने गरेको छ ।  मन्दीर प्रबेश सँगै नागदेवताको मुर्तीमा राजा रानीको नाम लेखिएको छ भने रुद्राक्षको रुखमा पनी नाम लेखीएको छ । पुर्ब प्र. जि.अ स्व. राम कृष्ण भुर्तेल, पुर्ब प्र. ना. उ सुरत  बहादुर शाह समाज कल्याण परिषद का पुर्ब सदस्य सचिब डा. जयन्द्र श्रेष्ठ कोपहलमा कार्यक्रम भएको गौराती युवा क्लबका सल्लाहकार बिशाल लामाले जानकारी द...

जाडो छल्न नेपाल आइपुगे चरा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राष्ट्रिय समाचार समिति (रासस) बेलबारी (मोरङ), २ मङ्सिर : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख...

प्रथम ठोकर्पा कप २०८० को उपाधि सुनकोशी ५ लाई

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिकाको सहयोग तथा वडा नम्बर १ को आयोजना मा सुरु भएको वडा स्तरीय प्रथम ठोकर्पा कपको उपाधि वडा नम्बर ५ सुनखानीले हाता पारेको छ। वडा नम्बर ५ सुनखानीले वडा नम्बर १ ठोकर्पालाई सोझो सेटमा हराउदै उपाधि हाता पारेको हो। त्यस्तै सुनकोसी ६ पाटिडाडा तेस्रो भएको छ। विजयि वडा तथा क्लब हरु लाइ सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना ,पुर्व अध्यक्ष श्रवण कुमार जि.सि(बिनोद) ,उपाध्यक्ष कान्छि लामा,प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खड्का लगायत ले पुरस्कार प्रदान गर्नु भएको थियोे । प्रतियोगितामा सुनकोसी गाउपालिकाका पुर्व भलिबल खेलाडी निलध्वज थापा,स्वर्गीय भुपेन्द्र थापा,राजकुमार कार्की,दिपक बराल लगाएतलाई सम्मान गरिएको थियोे । उक्त प्रतियोगितामा सुनकोशी गाँउपालिकाको ७ ओटै वडाका ११ टिमले भाग लिएका थिए। कार्तिक २६ गते बाट सुरू भएको प्रतियोगिता २८ गते समापन भएको छ। प्रतियोगिताको उद्...

छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
वीरगञ्ज (पर्सा), २९ कात्तिक : दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दि...

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ कात्तिक ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्व...

ठुलोसिरुवारीका खेलाडी नगरकै सम्पती ः सापकोटा

#, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
राष्ट्रिय स्तरमा मात्रै नभई एशियामा नै आफ्नो प्रस्तुती दिन सक्ने खेलाडी उत्पादन गरेर ठुलो सिरुवारीले नगरकै शिर उच्च राख्न सफल भएको भन्दै चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले १३नं वडाका वडाअध्यक्ष तथा वडाबासीहरुलाइ बिशेष धन्यबाद दिनु भएको छ । सोमबार वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा भएको खेलकुद महोत्सव को समापन तथा वडा कार्यलयले गरेको चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले एशिया स्तरमा नै पहीचना दिने खेलाडीहरुलाई आफुले नगरको सम्पतिको रुपमा लिईरहेको र नगरद्धारा यस्ता खेलाडीहरुको संरक्षण र विकास लागी चौतारा साँगाचोकगढी नगरपालिकाले बिशेष सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो । उँहाले नगरपालिका को १३ नं वडामा भएको खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेर...